३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आफ्नै १४ दिने शिशुको हत्या गरी बाराबाट फरार भएका अन्सारी काठमाडौँमा पक्राउ

२४ जेष्ठ २०८०, बुधबार १६:१८

जेठ २४, काठमाडौँ । आफ्नै १४ दिने शिशुको हत्या गरी फरार एक व्यक्तिलाई प्रहरीले १० दिनपछि पक्राउ गरेको छ । बारामा घटना घटाएर फरार भएका उनलाई काठमाडौँको चन्द्रागिरिबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 


काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार जेठ १४ गते बेलुका अन्दाजी ५ बजेको समयमा बाराको देवताल गाउँपालिका–४ तिप्राडी टोल बस्ने नुर आलम अन्सारीले आफ्नो नवजात शिशु (१४ दिनको छोरालाई) कर्तव्य गरी मारेर फरार रहेका थिए । 

उनी फरार भएपछि काठमाडौँमा लुकेको आशङ्कामा खोजतलास गरी पक्राउ गर्न भन्दै जिल्ला प्रहरी कार्यालय बाराबाट पत्राचार भएअनुसार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खोजतलासमा खटिएको प्रहरी टोलीले उनलाई गए राति काठमाडौँको चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गेअड्डा पिपलबोटबाट पक्राउ गरेको थियो । उनलाई थप आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आजै जिल्ला प्रहरी कार्यालय बारामा पठाइएको रेग्मीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट