४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

महिलाको अन्तरंग फोटो तथा भिडियो भाउजुको मेसेन्जरमा पुगेपछि…

२६ जेष्ठ २०८०, शुक्रबार ११:२७

जेठ २६,  स्याङ्जा | महिलाको अन्तरंग फोटो तथा भिडियो आफन्तलाई पठाइदिएर चरित्र हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको भिरकोट नगरपालिका वडा नम्बर ३ खुर्सानीडाँडा घर भई हाल पुतलीबजार बस्ने ४२ वर्षीय  ज्ञानु थापा रहेकी छन् । 

सामाजिक सञ्जाल फेसबुक एकाउन्टबाट  मित्रताका लागि आएका अनुरोध  स्वीकार पछि कुराकानी हुने क्रममा पीडित महिलाको एक पुरुषसँग प्रेम सम्बन्ध बसेको थियो ।  म्यासेन्जरमा कुराकानी हुने क्रममा उनीहरुबीच अन्तरंग फोटो तथा भिडियो समेत साटासाट भएका थिए । यसै क्रममा पुरुष विवाहित रहेको थाहा पाएपछि दुईबीचको सम्वाद टुटिसकेको थियो । 

तर, पछि  थापाले अनधिकृत पहुँच बनाई पीडितको भाउजूको म्यासेन्जरमा सो अन्तरंग फोटो तथा भिडियो पठाएर दुःख हैरानी दिएको उजुरी साइबर ब्युरोमा परेको थियो । अनुसन्धानका क्रममा थापाको संलग्नता खुलेपछि उनलाई  काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर पक्राउ गरिएको ब्युरोले जनाएको छ । 

स्याङ्जाबाट पक्राउ गरी उनीमाथि सात दिनको म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको ब्युरोका उपनिर्देशक पशुपति कुमार रायले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ