४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पाँच आयोजना अलपत्र पार्ने ठेकेदार कालोसूचीमा

१९ मंसिर २०८०, मंगलवार ०६:३९

मङ्सिर १९, काठमाडौँ | विभिन्न पाँच वटा निकायअन्तर्गतका काम अलपत्र पार्ने निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखेको जनाएको हो ।


कार्यालयका अनुसार सडक विभागअन्तर्गत पुष्पलाल (मध्यपहाडी) राजमार्गको काम अलपत्र पार्ने काठमाडौं पुतली सडकमा कार्यालय रहेको भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्धिसाई जेभीलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ ।

त्यस्तै, पुष्पलाल राजमार्ग आयोजना निर्देशनालयको फिदिम कार्यालयअन्तर्गत पर्ने मैनाचुली-सिद्धिसाई जेभीलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ । झापाको कमल गाउँपालिकाको सिफारिसमा शेर्पा-हेना-सुनामी जेभीलाई एक वर्षको लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।

त्यस्तै, धादिङको धुनीबेँसी नगरपालिकाको सिफारिसमा कास्र्याङ कन्स्ट्रक्सन एन्ड सप्लायर्सलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।

जुम्लाको चन्दनाथ नगरपालिकाको काम अलपत्र पार्ने इजोन निर्माण सेवा पनि एक वर्षका लागि कालोसूचीमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ