काठमाडौंमा खोलिएको कल सेन्टरले ६८२ अमेरिकन ठगेपछि

Posted on: 10 Aug, 2022

साउन २५, काठमाडौँ | काठमाडौंमा खोलिएको कल सेन्टरले ठुलो संख्यामा अमेरिकनहरुलाई ठगेको खुलासा भएको छ । यो ठगसम्बन्धि तथ्य प्रहरीले सार्वजनिक गरे पछि अमेरिकन प्रहरीको फेडेरल ब्यूरो अफ इन्भेष्टिगेसन टोली (एफबीआइ) पनि नेपाल आएर अनुसन्धान सुरु गरेको बताइएको छ । प्रहरीको साइबर ब्यूरोले २०७९ असार पहिलो साता धुम्बाराहीस्थित ‘अर्बिट नेक्सस प्रालि’ मा छापा मारेको थियो ।


जहाँबाट १३ जना पक्राउ परेका थिए । तिनैहरुले अमेरिकनहरुलाई ठगेका हुन् । साइबर ब्यूरोसँग समन्वय गरेर एफबीआइले पनि अनुसन्धान गरिरहेको प्रहरी श्रोत बताउँछ ।

कल सेन्टरको आवरणमा ठगी गरेको आरोपमा पक्राउ परेकालाई नेपाल प्रहरीले विद्युतीय कारोबार ऐन विरुद्धको कसुरमा मुद्दा चलाएको थियो । कल सेन्टर सञ्चालक मध्येका दुईजना भारतीय नागरिकलाई अदालतले पुर्पक्षका लागी थुनामा पठाउन आदेश गरेको छ ।

घटना अनुसन्धानका लागि इन्टरपोलको सहयोग मागिएको साइबर ब्यूरोले जनाएको छ । अमेरिकामा पेन्सन लिएर बसेकाहरुको सूचना टेलिग्राम एपमार्फत भारतमा पठाएर पैसा जम्मा गरेको भेटिएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । ब्यूरोले नियन्त्रणमा लिएको १० जना कल सेन्टरका कामदार साधारण तारेखमा रिहा भएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!