४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

साउदी प्रो लिग: अल हिलालविरुद्ध अल नासरको लज्जास्पद हार

१६ मंसिर २०८०, शनिबार ०३:२५

मङ्सिर १६, काठमाडौँ | साउदी प्रो लिगमा अल हिलालविरुद्ध अल नासरले लज्जास्पद हार बेहोरेको छ । गएराति किङ फाद इन्टरनेसनल स्टेडियम रियादमा भएको खेलमा अल नासर अल हिलालसँग ३–० गोलले पराजित भएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा तीनै गोल दोस्रो हाफमा भएका थिए । अल हिलालका लागि एलेक्सान्दर मित्रोभिचले २ तथा सेर्गेज मिलिन्कोभिक सभिकले १ गोल गरेका थिए । 


दोस्रो हाफको ६४ औँ मिनेटमा सर्गेज मिलिन्कोभिच साभिचले गोल गर्दै अल हिलाललाई अग्रता दिलाए । लगत्तै रोनाल्डोले भलीमार्फत गोल गरेपनि त्यसलाई अफसाइड करार गरिएको थियो । खेलको अन्त्यमा अलेक्सान्डर मिट्रोभिचले दुई गोल गर्दै टोलीलाई शानदार जीत दिलाए ।

यो जितसँगै अपराजित रहेको अल हिलाल १५ खेलबाट ४१ अंकका साथ शीर्षस्थानमा यथावत छ भने पराजित भएको अल नासर समान खेलबाट ३४ अंकसहित दोस्रो स्थानमा छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ