४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपाल सुपर लिग: आज पोखरा र झापा तथा धनगढी र ललितपुरबीच खेल हुँदै

१६ मंसिर २०८०, शनिबार ०३:४६

मङ्सिर १६, काठमाडौँ | नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज पोखरा थन्डर्स र झापा एफसी तथा धनगढी एफसी र ललितपुर सिटि एफसीबीच खेल हुँदैछ ।

पहिलो खेल पोखरा र झापाबीच दशरथ रंगशालामा दिउँसो १ बजे हुने छ। लिगमा झापाको यो दोस्रो खेल हो भने पोखरा तेस्रो खेल खेल्दैछ ।

पोखरा यसअघिका खेलमा अपराजित रहेको छ । पहिलो खेलमा चितवन एफसीलाई हराएको पोखराले दोस्रो खेलमा ललितपुर सिटीसँग गोलरहित बराबरी खेलेको थियो । झापा पहिलो खेलमा स्पोर्टिङ इलामसँग पराजित भएको थियो । दुई खेलबाट पोखराको ४ अंक छ भने झापा अंकविहीन छ ।

यस्तै, आजै साँझ साढे ५ बजे हुने दोस्रो खेलमा धनगढी र ललितपुरबीच प्रतिस्पर्धा हुनेछ । जारी लिगमा धनगढी अपराजित रहेको छ । उसले पहिलो खेलमा वीरगञ्ज युनाइटेड र दोस्रो खेलमा बुटवल लुम्बिनीलाई हराएको थियो । लिगमा धनगढी ६ अंकका साथ शीर्षस्थानमा छ ।

त्यस्तै ललितपुर पनि अपराजित छ । उसले पहिलो खेलमा बुटवल लुम्बिनीलाई जितेको थियो भने पोखरासँग गोलरहित बराबरी गरेको थियो । लिग तालिकामा ललितपुर ४ अंकसहित दोस्रो स्थानमा  छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ