४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

५९ वर्षमा पहिलो पटक पृथ्वीको यति नजिक आउँदै वृहस्पति ग्रह !

५ आश्विन २०७९, बुधबार १०:०१

एजेन्सी | सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह वृहस्पति धर्तीको निकै नजिक आउँदैछ । यसदिन वृहस्पति सूर्यभन्दा ठिक विपरित दिशामा हुनेछ । पृथ्वीबाट २५ सेप्टेम्बर र २६ सेप्टेम्बरमा यस्तो देखिनेछ । वृहस्पतिको यो दिशा परिवर्तन हुने यो स्थितिलाई वैज्ञानिक भाषामा अपोजिशन भनिन्छ, ५९ वर्षपछि एउटा दुर्लभ खगोलीय घटना हुने भएको हो ।


वृहस्पति ग्रहका लागि अपोजिशन एक सामान्य प्रक्रिया हो । हरेक १३ महिनामा एक पटक हुन्छ । हरेक वर्ष पृथ्वी र वृहस्पति एकपटक एकअर्काको नजिक आउँछन् । तर यसपटक २५ सेप्टेम्बर र २६ सेप्टेम्बरमा जुन घटना हुँदैछ, त्यो दुर्लभ छ । यो ५९ वर्षमा पहिलो पटक हुन लागेको हो । यतिबेला पृथ्वी र वृहस्पति एक अर्काको निकै नजिक हुनेछन् जसका कारण तपाईंले आकाशमा वृहस्पति ग्रहलाई एउटा ठूलो चम्किलो ताराको रुपमा देख्नुहुनेछ । यदि आकाश सफा रहे तपाईंले टेलिस्कोपको मद्दतले यसको चन्द्रमा र यो ग्यासयुक्त ग्रहलाई आरामले हेर्न सक्नुहुन्छ ।

अलबामास्थित नासाको मार्शल स्पेस फ्लाइट सेन्टरमा रिसर्च एस्ट्रोफिजिसिस्ट एडम कोबेलस्कीले २६ सेप्टेम्बरलाई विशेष दिन भनेका छन् । उनका अनुसार त्योभन्दा अघि र त्यसको केही दिनपछि सम्म वृहस्पतिलाई खुल्ला आँखाले एउटा चम्किलो ताराको रुपमा देख्न सकिन्छ । यसका लागि मौसम राम्रो, आकाश कालो र प्रदुषण मुक्त हुनुपर्ने उनको भनाई छ । उनका अनुसार त्यस दिन आकाशमा चन्द्रमा पछि सबैभन्दा चम्किलो वस्तु जे देखिन्छ त्यो वृहस्पति ग्रह हो भनेर बुझ्नुपर्छ ।

धर्तीले सूर्यको चक्कर ३६५ दिनमा लगाउँछ । वृहस्पति ४३३३ दिनमा सूर्यको चक्कर लगाउँछ । अर्थात धर्तीको १२ वर्ष बराबर । २५ र २६ सेप्टेम्बरमा धर्तीबाट वृहस्पतिको दुरी ५९ करोड किलोमिटर हुनेछ । जबकी साधारणतया अधिकतम दुरी ९६ करोड किलोमिटर हुन्छ । यसअघि वृहस्पति हाम्रो धर्तीको यति नजिक सन् १९६३ मा भएको थियो । नजिक हुनुको अर्थ वैज्ञानिकका लागि अनुसन्धानका लागि उत्कृष्ट मौका ।

वृहस्पतिका चार चन्द्रमा पनि देखिनेछन्

एडम कोबेलस्कीले बताए अनुसार यदि तपाईंसँग राम्रो दुरबिन वा टेलिस्कोप छ भने तपाईंले वृहस्पति ग्रहको मुख्य रेखा, तीन–चार रेखाहरु वा उक्त ग्रहसँग घुम्ने चन्द्रमालाई देख्न सक्नुहुनेछ । महान वैज्ञानिक ग्यालिलियोले वृहस्पतिको चन्द्रमालाई १७ औँ शताब्दिमा पत्ता लगाएका थिए । वृहस्पति ग्रहसँग ७९ वटा चन्द्रमा छन्, यसको संख्या बढ्न पनि सक्छ । यीमध्ये सबैभन्दा ठूला लो, युरोपा, गेनिमेड र क्यालिस्टो हुन् । यी सबै चन्द्रमा वृहस्पतिको चारैतर्फ घुम्छन् र चम्किलो बिन्दुजस्तो देखिन्छन् ।


वृहस्पतिको विशाल रातो धब्बा

वृहस्पतिको एउटा ठूलो रातो धब्बा छ । यसलाई ग्रेट रेड स्पट भनिन्छ । यो स्पटको व्यास १६ हजार किलोमिटर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ