१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सङ्खुवासभा - SKW

चैनपुरे करुवा सङ्कटमा

२४ बैशाख २०७३, शुक्रबार ०५:४७

योगेन्द्र
योगी/बैशाख २४, संखुवासभा ।
संखुवासभा भौगोलिक विविधताले भरिएको जिल्ला हो ।

यहाँ २८ प्रजातिका लालीगुराँस फुल्ने मिल्के जल्जलेदेखि विश्वको होचो अरुण
उपत्यका अवस्थित छ । मकालु हिमाल आरोहणका लागि आउनेलाई चैनपुरको करुवाले आकर्षित गर्ने गरेको छ

देश तथा विदेशमा सय वर्ष अघिदेखि करुवाका लागि प्रसिद्धि कमाएको
पूर्वी पहाडी बजार चैनपुरले पहिचान गुमाउँदै जान थालेको छ । यहाँका व्यवसायीले ४ पुस्तादेखि करुवा
बनाउने गरेका भए पनि यति बेला कच्चा पदार्थ अभावका कारण करुवा लोप हुने अवस्थामा पुगेको छ । देश–विदेशमा
कमाएको नाम चैनपुरले गुमाउँदै गएको छ । करुवा बनाउने पेसा सङ्कटमा परेको स्थानीय व्यवसायीहरु बताउँछन् ।
कुनै समय सीताराम बरालले लेखेको ‘करुवाले धानेको चैनपुरको इज्जत’ नरहने भएको छ ।

चैनपुरको इज्जत धान्ने करुवा बन्न छाडेपछि हस्तकला व्यवसाय नै लोप हुन लागेको पदम
कुमार शाक्यले बताए । अहिले आवश्यक कच्चा पदार्थ र युवा जनशक्ति विदेश जान थालेपछि करुवा बनाउने पेशा
लोप हुँदै गएको स्थानिय बताउछन्। उपत्यकाको नाकबहालबाट चैनपुर आएर करुवा बनाउन शुरु गरेका शाक्यहरु
सबैले अहिले पेशा छाडिसकेका छन् । केही समयअघि १२ वटा पसलले करुवा निर्माण गरिरहेका भए पनि कच्चा पदार्थ
अभावले हाल तीन चार जनाले मात्र करुवा बनाउने गरेकोउनी बताउँछन् ।

‘करुवा निर्माणका लागि कोइला, काँस, धातु, मैन, माटो, भुसलगायतका कच्चा पदार्थको आवश्यकता
पर्छ’ शाक्यले भने तर अहिले कोइला पाईदैन जिबिस संग पनि कोइलाको बारेमा धेरै पल्ट कुरा गरिसकेको कसैले
पनि वास्ता नगएको उनले गुनासो गरे ।

अरु कुरा सहज भपनि कोइलाको
अभावले सय वर्षदेखिको प्रसिद्धी सङ्कटमा परेको व्यवसायीहरु बताउँछन् । स्थानीय स्तरमा कोइला नपाइने
भएपछि हाल व्यवसायीहरुले धरानबाट मगाउने गरेको स्थानीय बताउछन् । धातु पगाल्नुपर्ने भएकोले कोइला आवश्यक
हुन्छ तर त्यस्तो कोइला बनाउने जनशक्ति छैन ।

युवाले देश छाडेपछि
गाउँमा कोइला पाइन छाडेको पदम कुमार शाक्य बताउछन् । सामुदायिक वनहरुले जङ्गलमा पस्न नदिने भएपछि कोइला
अभावले व्यवसाय सङ्कटमा परेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता