४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

स्थानीय तहमा फोहोरमैला व्यवस्थापन प्रयास प्रभावहीन

२६ असार २०७९, आईतवार ०७:२९

असार २६, खोटाङ | खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अव्यवस्थित तरिकाले ठाडो खोल्सीमा फोहोरमैला फाल्ने गरेको पाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङस्थित देउले सामुदायिक वनमा लगेर सिधै खोल्सीमा फोहोरमैला मिल्काएको पाइएको हो ।

फोहोरमैला सिधै खोल्सीमा मिल्काउँदा सोभन्दा मुनिका खोला तथा पानीका मुहान प्रदूषित बनाइरहेको देउले सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष सन्तोष घिमिरेले बताए । ‘फोहोरलाई मोहर’ बनाउँदै स्वच्छ, सफा र सुन्दर नगरको नारासहित नगरपालिकाले दिक्तेलबजारमा उत्पादित फोहोरमैला व्यवस्थापनको काम सुरु गरेको थियो । दिक्तेल बजारबाट उत्पादित फोहोरमैला १८ साउन २०७४ देखि १२ किलोमिटर टाढा रहेको देउले सामुदायिक वनमा लगेर मिल्काउन थालिएको थियो । सामुदायिक वनमा हाल डिलबाट सिधै खोल्सा तलतिर फोहोर फाल्ने गरिएको छ । पर्यावरणमा पुग्ने क्षतिको आँकलन नगरी खोल्सामा थुपारिएको फोहोरमैलालाई वर्षाको भलपानीले बगाएर तल्लो बस्तीतिर झारिरहेको देखिन्छ । 

चारैतिर पहिरो गएर बनेको खोल्सीको खोँचको पुछारमा ग्याविन वाल हालेर फोहोरमैला मिल्काउने सर्तमा जग्गा दिइएको भए पनि पर्खाल नहाली फोहोर फाल्न थालिएको अध्यक्ष घिमिरेले बताए । नगरपालिकाले तोकिएको स्थानभन्दा नजिकै अर्को खोल्सामा पनि फोहोर फालिरहेको छ । “तल ग्याविन वाल हालेर पानी निकास नजानेगरी ल्यान्डफिल साइट बनाउन दिइएको हो । तर जथाभावी फोहोरमैला फाल्ने काम भएको छ,” घिमिरेले भने, “फोहोर साप्सु खोलामा मिसिएको छ । डम्पिङसाइट जाने बाटोको स्तरोन्नती गर्नमा नगरको ध्यान गएको छैन ।” 

हाल दिक्तेल बजारबाट खाल्ले हुँदै डम्पिङ साइट पुग्ने कच्ची सडक बनेको छ । यसबाहेक लफ्याङ हुँदै डम्पिङ साइटसम्म पुग्ने अर्को बाटो बनाउने सहमती नगरपालिकाले पुरा नगरेको स्थानीय बताउँछन् । भएका कच्ची सडक स्तरोन्नति नहुँदा कतिपय गाडीले बाटैमा फोहोर फालेर फर्कने गरेको स्थानीय प्रेम श्रेष्ठले बताए । शिशाका टुक्रा जथाभावी मिल्काउँदा गोठालो र घाँसदाउरा गर्ने स्थानीयलाई चोटपटक लाग्ने गरेको छ । “फोहोरमैला तल खोलामा पुगेको छ । तल्लो बस्तीका मान्छेले पिउने पानी दूषित बनाएको छ,” श्रेष्ठले भने, “कतिपय ट्याक्टर बाटो बिग्रेकै ठाउँमा फोहोर फालेर फर्कने गरेको छ । वातावरणमा नकारात्मक असर पुगिरहेको छ । जताततै फोहोरमैला र शिशा मिल्काइएको छ । वस्तुगोठाला, घाँसदाउरा जाने स्थानीयलाई समस्या भइरहेको छ ।” 

कुहिने फोहोरमैलाबाट कम्पोष्ट मल बनाउने, नकुहिने फोहोरमैलालाई प्रशोधन गर्दै पुन: प्रयोगमा ल्याउने तथा पुन: प्रयोगमा ल्याउन नसकिने फोहोरमैलालाई डम्पिङ साइटमा लैजाने भनिएको थियो । तर हाल डम्पिङ साइटमा सड्ने, नसड्ने, पुन: प्रयोगमा आउने, नआउने सबैखालका फोहोरमैलालाई एकै ठाउँमा मिल्काउने गरिएको छ । 

यस्तै, हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ देखि हलेसी बजार नजिकैको नांगेडाँडामा फोहोरमैला व्यवस्थापन सुरु गर्‍यो । नगरपालिकाले फोहोरमैलाको वर्गीकरण गर्दै पुन: प्रयोगमा ल्याउन सकिने शिशाजन्य र कवाडी फोहोरलाई पुःनप्रयोगमा ल्याउने, मल बनाउन सकिने फोहोरलाई मल बनाउन प्रयोग गर्ने र बाँकी रहेको फोहोरलाई डम्पिङ साइटमा लगेर फाल्नेगरी योजना अघि सार्‍यो । तर चर्चा गरेजस्तो फोहोरमैलाको व्यवस्थापन भएको देखिएन । फोहोरमैला फाल्न खनिएका खाल्डो भरिसकिएको छ ।

यस्तै, जन्तेढुंगा गाउँपालिकाले सबै खालका फोहोरमैलालाई एउटै डम्पिङ साइटमा फालिरहेको देखिन्छ । चिसापानीको पुछार मैदानमा सडक नजिकै खाल्डो खनेर फोहोर मैला थुपारिएको छ । खोटाङका अधिकांश स्थानीय तह फोहोरमैला व्यवस्थापनमा असफल देखिएका छन् ।

१० स्थानीय तहमध्ये कतिपय स्थानीय तहले हालसम्म डम्पिङ साइट बनाउने स्थान नै तोक्न सकेका छैनन् भने कतिपयले तोकिएको डम्पिङ साइटमा जथाभावी फोहोरमैला फालिरहेका छन् । कुहिने, नकुहिने र पुन: प्रयोगमा आउने फोहोरमैलालाई अलग-अलग नगरी एकै ठाउँमा लगेर थुपार्दा सरसफाइ अभियान प्रभावहीन देखिएको छ । बढ्दो जनघनत्वका कारण गाउँपालिकाको केन्द्र तथा मुख्य बजारमा फोहोरमैला व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ