Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
१ पुष २०८२, मंगलवार
ओखलढुङ्गा - OKL

सरस्वती ! मलाई माफ गर

१९ माघ २०७३, बुधबार ०२:०३


दिपा नेपाल
ओखलढुंगा
हाल : नेपालगञ्ज


तिम्रो मुर्ति लाई ढोग्दै गर्दा,
सल्बलाउँछन् मानसपटलमा,
ज्ञान भरिएको दिमागले गरेका
अज्ञानी कर्तुतहरु
ती नक्कली सर्टिफिकेटहरु
ती बेरोजगार शिक्षितहरु
ती नग्न सुन्दरीहरु
ती कलाका भण्डार हरु
ती विवश अशिक्षित हरु
हेरिरहेकी छु म पनि
तिमी जस्तै!!
निरीह र नतमस्तक भएर।

पुस्तकका पन्ना पुज्दै गर्दा,
झल्किन्छन् कतै पर एउटा क्यानभासमा
ती अशिक्षित ज्ञानीहरु र
ती अशिक्षित अज्ञानीहरु
ती पाठ्यपुस्तक नपुगेका बिधालयहरु
ती झोलाभरी किताब बोकाउने बोर्डिङ्हरु
ती कलमले खोजीरहेका साथहरु
ती सिगरेट खोजिरहेका हातहरु
रोक्न सकिन मैलेपनी
तिम्ले जस्तै!!
शान्त र ज्ञानी भएर।

तिम्रो अस्तित्व लाई सम्झीरहँदा
आत्मग्लानी ले ढपक्कै छोप्छ
हृदयको यो कुनामा
सकिरहेकी छैन,
अशिक्षित लाई शिक्षित बनाउन
अज्ञानी लाई ज्ञानी बनाउन
सरस्वती!
मलाई माफ गर!!



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती