पलपलमा ब्यर्थै मुटु, सुकाएर पछुतो भो ।।
नयनमै सारा आसु, छुपाएर पछुतो भो ।।
सुखि नै त देखिन्थें म, यथार्थमा जिउदाखेरी ।।
अनायासै आफ्नो चित्त, दुखाएर पछुतो भो ।।
आफ्नै छाया यस्तो, निष्टुर होला सोचिन म ।।
दुख पर्दा शिर यो सधै झुकाएर पछुतो भो ।।
अचम्मकि मान्छे भनी, चिनिएछु सन्सार मै ।।
चोटैचोटमा मिथ्या हाँसो, मुस्कुराएर पछुतो भो
मृत्युु ले छिटो, लान्छु भन्ने सोच्या छ रे ।।
जिबित रहदाको पीडा, फुकाएर पछुतो भो
–देउपुर ४ पर्वत