2026-10-16 04:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अर्घाखाँचीमा पहिलो पटक साहित्यिक महोत्सव

जेठ २५, अर्घाखाँची | शुक्रबार सदरमुकाम सन्धिखर्कको शान्तिवगैचामा अवस्थित धर्मशाला साहित्यमय बन्यो । जिल्लामै पहिलो पटक आयोजना गरिएको प्रथम अर्घाखाँची साहित्य महोत्सवमा  साहित्यकारहरुका कृतिहरुले अतिथि र दर्शकहरु मन्त्रमुग्ध बने । कविता, गजल, मुक्तक भावना र गीतहरुले मनोरञ्जन र भावुकता दुबै प्रदान गरे । साहित्यको भित्री गहिराइबाट निर्मित सिर्जनाहरुबाट दर्शकलाई साच्चै नै आनन्द मिल्यो  । 

कृपया त्यो सातौं तलाको झ्यालबाट

बाहिर नथुक्नुहोला 

तल सडक पेटीमा फुलेका केशहरु

हातखुट्टा नभएका 

केहि जोर आखाँहरु

दृष्टि विहिन र भोकाहरु

एक गास उज्यालोको पर्खाइमा छन् । 

साहित्यकार अशिम सागरको यो कविताले दर्शकलाई भावुक बनायो । गरिबिको मारबाट पिल्सिएका वर्गको यथार्थतामा आधारित यो कविताबाट धेरैका आखाँ रसाए । सर्जकहरुले एकपछि एक सिर्जनाहरु पस्कदै गए ।

अरु छैन धोको यति गर्न पाउँ

बतनको सिपाइ भइ मर्न पाउँ

छ जन्घार चर्को चुनौतिहरुको

नमानेर झर्को सधै तर्न पाउँ

बतनको  सिपाइ भइ मर्न पाउँ 

अर्का साहित्यकार बुद रानाको यो गजलले पनि दर्शकको ध्यान उत्तिकै तान्यो । उनले अर्घाखाँची जिल्लालाई आधार मानेर बनाएको गिती गजल प्रस्तुत गर्दा दर्शक दिर्घाबाट तालीको गड्गडाहट बर्सियो । कार्यक्रममा तिन ओटा पुस्तकहरु विमोचन गरियो । बुद्धि गैरे द्वारा लिखित कविता संग्रह माटोको सुगन्ध, देवी पन्थीको नेपाली गजलको परिवर्तित स्वरुप र दिननाथ गौतमको यमराजलाई बिन्ती पत्र नाम कृति बिमोचन भए । गैरेको पुस्तक माटोको सुगन्धमाथि संस्कृतिविद् राजेन्द्र आचार्यले टिप्पणी गरे । कार्यक्रममा जिल्लाका अग्रज साहित्यकार कुलचन्द्र मरासिनी,खिमानन्द पोख्रेल, नारायण शास्त्री र बीरेन्द्र शाहलाई सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरियो । 

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वरिष्ठ साहित्यकार रानाले साहित्यले सधै भलो र हितका विषयलाई उठान गर्ने बताए । ‘सहित्य सधै दम शोषणको बिरुद्धमा हुन्छ’ उनले भने, साहित्यकारले सधै न्याय र समानताका विषयमा  कलम चलाउनुपर्छ ।’  उनले राज्यले साहित्य क्षेत्रलाई उपेक्षा गरेको गुनासो समेत गरे । ‘अष्ट्रेलिया लगायतका केहि देशहरुमा साहित्यकारबाट राय सुझाव लिएर मात्र वजेट सार्वजनिक गर्ने चलन छ’ उनले भने, नेपालमा कुनै पनि क्षेत्रमा साहित्यकारको भूमिका देखिदैन ।’ उनले कला संगित र साहित्यमा लाग्न उमेरले नछेक्ने बताए । ‘सानो उमरेका बालबालिकाहरुले पनि यो क्षेत्रमा निकै  प्रगति हासिल गरेका प्रशस्त उदाहरणहरु पेश गरे । देशको हितका लागि साझा धारणा हुनु पर्ने उनले औंल्याए । पराष्ट नीति ठिक नहुँदा राष्ट्रियता कमजोर बन्दै गएको उनको जिकिर छ । नेपाली गजलको परिवर्तित स्वरुपका लेखक पन्थीले साहित्यकारलाई मनोरञ्जनका लागि मात्रै प्रयोग गरिएको गुनासो गरे । ‘साहित्कारको काम मनोरञ्जन प्रदान गर्ने मात्रै हो भन्ने भ्रम छ’ उनले भने, ‘साहित्यकारले देश निर्माणमा समेत ठूलो टेवा पु¥याउन सक्छन् ।’ कार्यक्रममा जिल्ला भरका करिव ७० जना साहित्यकारहरुले आ–आफ्ना सिर्जनाहरु पस्केका थिए । कार्यक्रममा बोल्दै सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले साहित्य क्षेत्रको विकासका लागि नगरपालिकाले आवश्यक वजेट विनियोजन गर्ने बताए । प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले साहित्य क्षेत्रको विकासका लागि राज्यले आवश्यक सहयोग प्रदान गर्नुपर्ने औंल्याए ।  पत्रकार महासंघका अध्यक्ष तथा साहित्यकार हिम बहादुर जिसी लेकालीले पछिल्लो समयमा साहित्य क्षेत्रमा जिल्लाले प्रगति हासिल गर्दै गएको बताए । कार्यक्रममा राजमोका नेता भिमलाल आचार्य, अर्घाखाँची साहित्य फाउण्डेसनका संयोजक वुद्धि गैरे, साहित्यकार रुद्र ज्ञवाली, अमृत पियुस,मञ्जु घिमिरे, जेवि, दर्लामी, पत्रकार शोभाखर पन्थी, अन्तरपार्टी महिला सञ्जालकी सुशिला गैरे लगायतले मन्तव्य राख्दै साहित्य क्षेत्रको विकासमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु