कमल घिमिरे, पाँचथर असोज२२ पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा गजल प्रतियोगिता सम्पन्न भएको छ । झापा र पाँचथरका श्रष्ठाहरुको जमघट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  कमल घिमिरे, पाँचथर असोज२२ पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा गजल प्रतियोगिता सम्पन्न भएको छ । झापा र पाँचथरका श्रष्ठाहरुको जमघट"/>
2026-11-02 12:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

कुम्मायकमा गजल प्रतियोगिता सम्पन्न ।

 कमल घिमिरे, पाँचथर असोज२२ पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा गजल प्रतियोगिता सम्पन्न भएको छ ।

झापा र पाँचथरका श्रष्ठाहरुको जमघट सम्मान तथा सुभकामना आदान प्रदान कार्यक्रमा कुम्मायक स्तरीय गजल प्रतियोगिता सम्पन्न भएको हो । कुम्मायक–कुसायक साहित्य प्रतिष्ठानको आयोजनामा संचालन भएको प्रतियोगितामा १२ जनाले सहभागीता जनाएका थिए । छनोटबाट प्रथम सन्तोष शेर्मा, दोस्रो मुस्कान सम्बाहाम्फे, तेस्रो गणिता चेम्जोङ, चौथो मदन आचार्य र पाँचौ उमेश रम्तेल भएका छन् । उनिहरुलाई नगत तथा प्रमाण पत्र बितरण गरिएको थियो । त्यस्तै कार्यक्रममा साहित्यको क्षेत्रमा योगदान पु¥याउनु हुने, प्रशिद्ध गजलकार प्राज्ञा बुँद राना, भाषा बिज्ञ हरिसचन्द्र लावती, लिम्बु गजलकार राजकुमार तेयुङ, गजलकार तथा पत्रकार लेखनाथ सिकारु, रमेश थापा लागायतका श्रष्टाहरुलाई सम्मान–पत्र प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अथिति तथा प्रशिद्ध गजलकार बुँद रानाले साहित्य, कला र संस्कृतिको शंरक्षणको लागि श्रष्ठाहरुले समाजमा ठुलो भूमिका खेल्ने गरेको भन्दै, कला र साहित्यको सधैव सम्मान गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले, श्रष्टाले लामो समय लगाएर सृजर्ना गरेका साहित्यिक रचनाहरुले समाज र राष्ट्रलाई सहि मार्गमा लाने बताउँनुभयो । सोही अवसरमा भाषा बिद्ध हरिस चन्द्र लावतीले, कुम्मायक गाउँपालिकाको कला सस्कृति र साहित्य सरक्षणको लागि कुम्मायक–कुसायक प्रतिष्ठानले खेलेको भूमिका महत्वपुर्ण भएको बताउँनु भयो । गाउँघरमा रहेका मातृभाषा, कला र सकृतिको संरक्षण गरि जीवन्त रुपमा बचाई राख्नु आजको आवश्यक्ता रहेको लावतीले जोड दिनुभयो । सोही गजल प्रतियोगितामा कुम्मायक गाउँपालिका उप–प्रमुख सिता आचार्य, ‘मेची पोष्ट’ राष्ट्रिय दैनिका प्रकाशक लेखनाथ सिकारु लगायतका बक्ताहरुले सुभकामना तथा बधाइ ब्याक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द