लिला बल्लभ नेपाल | विराटनगर | विराटनगरमा एक जना नामुक बैद्य रहेछन् । उनले जस्तासुकै विरामीलाई पनि जोखाना हेरेकै भरमा औषधी दिएर ठिक पार्दा रहेछन् । धेरै टाढा-टाढा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... लिला बल्लभ नेपाल | विराटनगर | विराटनगरमा एक जना नामुक बैद्य रहेछन् । उनले जस्तासुकै विरामीलाई पनि जोखाना हेरेकै भरमा औषधी दिएर ठिक पार्दा रहेछन् । धेरै टाढा-टाढा"/>
2026-10-23 10:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनासँग आमने सामने

लिला बल्लभ नेपाल | विराटनगर | विराटनगरमा एक जना नामुक बैद्य रहेछन् । उनले जस्तासुकै विरामीलाई पनि जोखाना हेरेकै भरमा औषधी दिएर ठिक पार्दा रहेछन् । धेरै टाढा-टाढाबाट उनलाई खोज्दै मान्छे उपचार गर्न आउने भएकाले उनको घरमा सँधै धेरै भीड हुने भएर बैंकमा जस्तो टोकनको व्यवस्था गरिएको रहेछ । धेरै नामुक तान्त्रिक बैद्य रहेछन् उनी । धेरै दीर्ग रोगिहरु पनि त्यहाँ उनको झारफुक र तान्त्रिक औषधी खाएपछि ठिक भएको कुरा त्यही आउने विरामीहरुले पनि बताए । 

विराटनगरमै बस्दै आएका रवि दाईले पनि त्यो कुरा सुने र ती तान्त्रिक बैद्यकोमा औषधी खान जान थाले । रवि पनि दिर्गघालिन पेटको विरामी रहेछन् । धेरै डाक्टरकोमा गएर लाखौं खर्च गरेछन् तर उनको त्यो विराम निको भएको रहेनछ । जब रविले ति तान्त्रिक बैद्यको बारेमा सुने त्यो बेला सम्म कोरोना महामारी विराटनगरमा छ्याप्छ्याप्ति भईसकेको थियो । एक दिन रवि विहानै तान्त्रिक बैद्यको औषधी खान भनेर गए । उनि त्यहा पुग्दा कोहि पनि आएका थिएनन् । तान्त्रिक बैद्यले भन्दै थिए ‘आजकाल कोरोना महामारीका कारण मान्छेहरु आउन छोडे ।’ रबिले बैद्य सँग गफ गर्दै गर्दा एकजना विधवा जस्तो देखिने महिला त्यहाँ आई पुगिन् । बैद्यलाई आफ्नो बारेमा हेर्न लगाईन् । बैद्यले जोखाना हेरेर भने तपाईंको श्रीमानको मृत्य भएको रहेछ । ती महिला भक्कानो छोडेर रुन लागिन् । ती महिला सहित पुरै परिवार अमेरिकामा बस्दा रहेछन् । उनी चाँही काम विशेषले नेपाल आएकी रहिछन् । जब उनी नेपाल आइन, अमेरिकामा कोरोना महामारी चर्किएछ र उनको श्रीमानको अमेरिकामै त्यही कोरोना संक्रमणकै कारण मृत्य भएछ । 

उनको मार्मिक कहानी सुनेर रबि भावविह्वल भयो र औषधी बोकेर घर तिर लाग्यो । एक महिना पछि उसको औषधी सिद्धियो र रबि फेरी तान्त्रिक बैद्यकोमा विहानै गयो । ऊ विहानै बैद्यकोमा पुग्दा घरको गेट पुरै लागेको थियो । रबिले गेट खोल्यो, भित्रवाट चुकुल लगाएको रहेनछ, ऊ गेट खोलेर के भित्र मात्र छिरेको थियो, तीन/चार जना मान्छे कराउँदै आए, ए हुँदैन हुँदैन, भित्र आउँनु हुँदैन, बाहिर गईहाल्नुस् । रबि झसंग झस्कियो र हतार-हतार गेटबाट बाहिर निस्कियो । त्यो घरका बैद्य सहित त्यहाँ कराउँदै आउने मान्छेहरु सबै कोरोना संक्रमित भईसकेका रहेछन् । त्यो घर सिल गरेको रहेछ । 

जीवनमा पहिलो पल्ट रबि कोरोना संक्रमितसँग आमने-सामने भएको थियो, उसको होशले ठाउँ छोडिसकेको थियो । उसलाई लाग्यो – उ कोरोना संक्रमित भईसकेको छ, रबिले चारैतिर अँध्यारो देख्यो, रबिलाई लाग्यो उ नरकको खाडिमा हाम फालिसकेको छ । रबि हतार-हतार दौडेर घर पुग्यो, पुरै नुवाई धुवाइ गर्‍यो । हात जीउभरी सेनिटाइजर दल्यो र आफुलाई सम्हाल्दै आफ्नो नियमित काममा ब्यस्त हुने प्रयास गर्न थाल्यो । रबि बिरामीनै भए पनि आत्मबल दरो भएको कारण उसलाई कोरोनाले छुन सकेन । त्यसैले आत्मबल दह्रो बनाउँ, सुरक्षित बसौं, सामाजिक दुरी कायम गरौं, आफुलाई कमजोर नसोचौं । सबैको जय होस् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने