लिला बल्लभ नेपाल | विराटनगर | विराटनगरमा एक जना नामुक बैद्य रहेछन् । उनले जस्तासुकै विरामीलाई पनि जोखाना हेरेकै भरमा औषधी दिएर ठिक पार्दा रहेछन् । धेरै टाढा-टाढा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... लिला बल्लभ नेपाल | विराटनगर | विराटनगरमा एक जना नामुक बैद्य रहेछन् । उनले जस्तासुकै विरामीलाई पनि जोखाना हेरेकै भरमा औषधी दिएर ठिक पार्दा रहेछन् । धेरै टाढा-टाढा"/>
2026-09-18 08:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनासँग आमने सामने

लिला बल्लभ नेपाल | विराटनगर | विराटनगरमा एक जना नामुक बैद्य रहेछन् । उनले जस्तासुकै विरामीलाई पनि जोखाना हेरेकै भरमा औषधी दिएर ठिक पार्दा रहेछन् । धेरै टाढा-टाढाबाट उनलाई खोज्दै मान्छे उपचार गर्न आउने भएकाले उनको घरमा सँधै धेरै भीड हुने भएर बैंकमा जस्तो टोकनको व्यवस्था गरिएको रहेछ । धेरै नामुक तान्त्रिक बैद्य रहेछन् उनी । धेरै दीर्ग रोगिहरु पनि त्यहाँ उनको झारफुक र तान्त्रिक औषधी खाएपछि ठिक भएको कुरा त्यही आउने विरामीहरुले पनि बताए । 

विराटनगरमै बस्दै आएका रवि दाईले पनि त्यो कुरा सुने र ती तान्त्रिक बैद्यकोमा औषधी खान जान थाले । रवि पनि दिर्गघालिन पेटको विरामी रहेछन् । धेरै डाक्टरकोमा गएर लाखौं खर्च गरेछन् तर उनको त्यो विराम निको भएको रहेनछ । जब रविले ति तान्त्रिक बैद्यको बारेमा सुने त्यो बेला सम्म कोरोना महामारी विराटनगरमा छ्याप्छ्याप्ति भईसकेको थियो । एक दिन रवि विहानै तान्त्रिक बैद्यको औषधी खान भनेर गए । उनि त्यहा पुग्दा कोहि पनि आएका थिएनन् । तान्त्रिक बैद्यले भन्दै थिए ‘आजकाल कोरोना महामारीका कारण मान्छेहरु आउन छोडे ।’ रबिले बैद्य सँग गफ गर्दै गर्दा एकजना विधवा जस्तो देखिने महिला त्यहाँ आई पुगिन् । बैद्यलाई आफ्नो बारेमा हेर्न लगाईन् । बैद्यले जोखाना हेरेर भने तपाईंको श्रीमानको मृत्य भएको रहेछ । ती महिला भक्कानो छोडेर रुन लागिन् । ती महिला सहित पुरै परिवार अमेरिकामा बस्दा रहेछन् । उनी चाँही काम विशेषले नेपाल आएकी रहिछन् । जब उनी नेपाल आइन, अमेरिकामा कोरोना महामारी चर्किएछ र उनको श्रीमानको अमेरिकामै त्यही कोरोना संक्रमणकै कारण मृत्य भएछ । 

उनको मार्मिक कहानी सुनेर रबि भावविह्वल भयो र औषधी बोकेर घर तिर लाग्यो । एक महिना पछि उसको औषधी सिद्धियो र रबि फेरी तान्त्रिक बैद्यकोमा विहानै गयो । ऊ विहानै बैद्यकोमा पुग्दा घरको गेट पुरै लागेको थियो । रबिले गेट खोल्यो, भित्रवाट चुकुल लगाएको रहेनछ, ऊ गेट खोलेर के भित्र मात्र छिरेको थियो, तीन/चार जना मान्छे कराउँदै आए, ए हुँदैन हुँदैन, भित्र आउँनु हुँदैन, बाहिर गईहाल्नुस् । रबि झसंग झस्कियो र हतार-हतार गेटबाट बाहिर निस्कियो । त्यो घरका बैद्य सहित त्यहाँ कराउँदै आउने मान्छेहरु सबै कोरोना संक्रमित भईसकेका रहेछन् । त्यो घर सिल गरेको रहेछ । 

जीवनमा पहिलो पल्ट रबि कोरोना संक्रमितसँग आमने-सामने भएको थियो, उसको होशले ठाउँ छोडिसकेको थियो । उसलाई लाग्यो – उ कोरोना संक्रमित भईसकेको छ, रबिले चारैतिर अँध्यारो देख्यो, रबिलाई लाग्यो उ नरकको खाडिमा हाम फालिसकेको छ । रबि हतार-हतार दौडेर घर पुग्यो, पुरै नुवाई धुवाइ गर्‍यो । हात जीउभरी सेनिटाइजर दल्यो र आफुलाई सम्हाल्दै आफ्नो नियमित काममा ब्यस्त हुने प्रयास गर्न थाल्यो । रबि बिरामीनै भए पनि आत्मबल दरो भएको कारण उसलाई कोरोनाले छुन सकेन । त्यसैले आत्मबल दह्रो बनाउँ, सुरक्षित बसौं, सामाजिक दुरी कायम गरौं, आफुलाई कमजोर नसोचौं । सबैको जय होस् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई