३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

महोत्तरीका सबै स्थानीय तहकाे ५५ प्रतिशत बजेट सडक सञ्जालमा खर्च

४ चैत्र २०७८, शुक्रबार ०७:१७

विशाल बस्नेत । चैत ४, महोत्तरी । जिल्लाको एक तथ्यांकअनुसार महाेत्तरीका सबै पालिकाहरूको कुल बजेटको करिब ५५ प्रतिशत बजेट सडक सञ्जालमा नै खर्च भएको देखिएको छ । यति धेरै खर्च हुँदा पनि प्रत्यक्ष जनसरोकारसँग जोडिएका सडक सञ्जाल भने कमै छन । 

गौशाला नगरपालिकाको  औरही पुलदेखी-गौशाला मरहा पुलसम्म बनेको करिब सात किलोमिटर सडकले स्थानीय सरकारको कार्यकालभरि कै नमुना कामको पहिचान बनाएको छ । करिब तीन  करोड लगानीमा बनेको यस कालोपत्रे सडकले चारवटा वडाका ३० हजार जनसंख्यालाई विकटताबाट उद्धार गरेको छ । 


वडा न.१, ३, ४, ६ लाई छोएको सडक सञ्जाल नगरपालिकाको मूख्य सडकसम्म मात्र जोडिएको छैन, किसानहरूका उत्पादित वस्तुलाई स्वेच्छाले बर्दिबास तथा लालबन्दीसम्म  पुगेर बेच्नका लागि सहज बनाइदिएको छ ।

`जताततै सडक सञ्जाल बनाएर मात्र विकाश हुने होइन, त्यसकाे उपयोगिता जनतालाई कसरी राहत दिइरहेको छ भन्ने मूख्य विषय हो,´ नगरपालिकाका नगरप्रमुख सिवनाथ महतो बताउँछन् ।

हुन त स्थानीय सरकारको कार्यकालभरिको उन्नतिलाई हेर्ने हो भने अन्य पालिका जस्तै यहाँ पनि अधिकतम बजेट सडक सञ्जाल विस्तार गर्नमा नै खर्च भएको छ । नगरपालिकाले जनप्रतिनिधि निर्वाचित भएको सुरुको वर्षमा खासै सडक सञ्जाल  विस्तारमा ध्यान नदिए पनि दोस्राे आर्थिक वर्षवाट सडक निर्माणमा ठूलो रकम खर्च भयो । पाँच वर्षसम्म आइपुग्दा लगभग ३० करोड रकम सडक सञ्जालमा नै खर्च भएको छ ।


अहिलेसम्म आइपुग्दा पालिकामा करिब ३० किलोमिटर सडक ढलान भएको छ भने यो आर्थिक वर्षसम्म गरेर लगभग ११ किलोमिटर कालोपत्रे सडक बन्दै छ । सबै आर्थिक वर्षमा भएका कामहरूलाई जोड्ने हो भने २० किलोमिटरको हाराहारीमा सडक स्त्तरोन्नति तथा  विस्तारका काम भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट