४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पूर्व वडाध्यक्ष ठाकुर पक्राउ

७ बैशाख २०८०, बिहीबार ०७:१६

बैशाख ७, महोत्तरी | महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाका एक पूर्ववडा अध्यक्ष लेनदेन मुद्दामा पक्राउ परेका छन् ।  विगत पाँच वर्षदेखि फरार रहँदै आएका जलेश्वर–१२ का पूर्ववडा अध्यक्ष रामतपेश्वर ठाकुर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताउनुभयो ।

विसं २०७५ वैशाख ४ गते महोत्तरी जिल्ला अदालतद्वारा कैद सजाय तोकिएका वडाध्यक्ष विसं २०७४ को स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा विजयी भएका थिए । तर वडाध्यक्ष रहेकै अवस्थामा उनी लेनदेन मुद्दाका फरार प्रतिवादी पनि थिए ।

लेनदेन मुद्दामा पैसा तिर्न नसकेर अदालतको फैसलापश्चात् विगत पाँच वर्षदेखि फरार रहँदै आएका पूर्ववडा अध्यक्ष ठाकुरलाई बुधबार गोप्य सूचनाका आधारमा प्रहरीले निजको घरबाटै पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक प्रकाश मल्लले बताउनुभयो ।

साथै उहाँले आज  पूर्ववडा अध्यक्ष ठाकुरलाई महोत्तरी जिल्ला अदालतमा पेस गर्ने तयारी रहेकोसमेत बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ