४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आमाको मुख हेर्ने दिन अन्धाअन्धी मन्दिरमा भक्तजनको घुँइचो

७ बैशाख २०८०, बिहीबार ०६:५५

बैशाख ७, जलेश्वर | मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनमा आज बिहानैदेखि महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिकाको बगडा गाउँस्थित प्रसिद्ध ऐतिहासिक अन्धाअन्धी मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।

आमाबुवालाई भगवान्को स्वरुपको रूपमा लिइएमानिने  सो स्थानमा आज आमाको मुख हेर्ने दिन भक्तजनको घुँइचो लागेको हो । जिल्लाको उत्तरपूर्व कुनामा धनुषा जिल्लासँग जोडिएको लोहारपट्टी नगरपालिकाको वडा नं १ बगडामा अवस्थित रामायणकालीन अन्धाअन्धी स्थल पौराणिक एवं धार्मिक महत्वको रहेकाले  यहाँ हजारौँ महिला पुरुष दर्शनका लागि आएको स्थानीय रामकृष्ण यादवले बताउनुभयो ।

द्वापर युगमा श्रवणकुमारका मातापिताले यसै स्थानमा राजा दशरथको शब्दभेदी वाण लागेर आफ्नो छोराको मृत्यु भएको सुनेपछि आफ्नो प्राण पनि त्याग गरेको किंबदन्ती छ ।

टाढा टाढाका दर्शनार्थीको ओइरो लाग्ने गरेकाले  विगतका दिनमा यस स्थानमा दैनिक मेला लाग्ने गरेकामा  आमाको मुख हेर्ने वा बुवाको मुख हेर्ने दिनमा भने अत्यधिक भीड हुने स्थानीयवासी हेमशङ्कर यादवले बताउनुभयो ।

आजका दिन यस यस स्थानमा महोत्तरी, धनुषा, सर्लाही, सिरहा, सिन्धुलीलगायत भारतका पटनासम्मका मानिस दर्शनका लागि आउने गरेको अर्का स्थानीयवासी शिवचन्द्र यादवले बताउनुभयो ।

द्वापर युगमा श्रवणकुमारले तिर्खाएका आफ्ना अन्धाअन्धी आमाबुवालाई महोत्तरीको बगडास्थित यसै ठाउँमा राखेर तिर्खा मेटाउन नजिकैको महदैया तपनपुरको कमलदहमा पानी लिन गएको बेला राजा दशरथको शब्दभेदी वाण लागी उनको मृत्यु भएको थाहा पाएपछि ती बृद्ध दम्पतीले पनि यसै स्थानमा प्राण त्याग गरेका थिए ।

अन्धाअन्धीले प्राण त्याग गरेकाले यो स्थान अन्धाअन्धी स्थानको नामले चर्चित भएको र कालान्तरमा मन्दिर पनि बनाइएको थियो । पछिल्लो समय सम्बन्धित निकायको उदासिनताका कारण यस स्थानको संरक्षण सम्वद्र्धनका लागि कुनै पनि पहल हुन नसक्दा यो पौराणिक  तथा एतिहासिक स्थल ओझेलमा पर्दै गएको स्थानीयवासीले आरोप लगाउँदै यो स्थललाई े संरक्षण र सम्वद्र्धन गरी पर्यटकीयस्थलका रुपमा विकास गर्न सम्बन्ध निकायसँग जोडदार माग गरे  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ