२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

भोट नहालेको भन्दै एमालेका कार्यकर्ताबाट कुटपिट, ७ जना घाइते

१५ मंसिर २०७९, बिहीबार ०७:४१

मङ्सिर १५, महोत्तरी | निर्वाचनमा भोट नदिएको निहुँमा एमालेका कार्यकर्ताहरुबाट महोत्तरीको निगौलका जनता कुटिएका छन् । कुटपिटबाट ७ जना घाइते भएका छन् । महोत्तरी क्षेत्र नं. १ का निर्वाचित सांसद लक्ष्मी महतो समूहले निगौलका बस्तीमा पुगेर निर्घाट कुटपिट गरेको स्थानीयले आरोप लगाएका छन् ।


मधेश आन्दोलनका क्रममा नेपाल प्रहरीका असई थमन विकको हत्याको आरोपित महतो फरार अभियुक्तको सूचीमा छन् । निर्वाचनअघि पनि आफूलाई मतदान नगरे कुटपिट गर्ने धम्की दिएका महतोले निर्वाचित भएलगत्तै मंगलबार राती वस्तीमा केही समूह पठाएर कुटपिट गराएको स्थानीयले बताएका हुन् ।

 ‘हामीलाई मार्ने उद्देश्यले नै लक्ष्मी महतोका भान्जा सुरेन्द्र महतो, वडा अध्यक्ष श्याम मण्डलसहितको टोली पठाएर घरभित्र पसेर गठबन्धनमा भोट किन हालेको भन्दै खोजी खोजी कुटाइयो,’ कुटाइबाट बगेको रगत लागेको कपडा लगाएका र टाउकोमा पट्टी बाँधेका रामछविला साहले भने, ‘उपचारका गराउन अस्पताल पुगेका थियौं, त्यहि आएर पुनः कुटपिट गर्न थाले, कोही छुरा हान्देउ भन्दै थिए त कोही गोली ठोक्देउ भन्दै थिए, भाग्ने पनि मौका मिलेन चारैतिरबाट घेरेर कुटे ।’

कुटपिट गर्नेहरुको पहिचान खुलाएर प्रहरीमा पीडितले दिएको निवेदन उपरछानविन भइरहेको गौशालाका सहायक प्रहरी निरीक्षक भुवनसिं कार्कीले बताए ।

त्रासमा स्थानीय

घटनापछि स्थानीय रातभर जाग्राम बस्ने गरेको बताएका छन् । को, कतिबेला आएर के गर्ने हो भन्ने चिन्ताले पालैपालो रातभर जागा बस्ने गरेको स्थानीय नरेश मण्डलले बताए । ‘प्रहरीबाट पनि सहयोग पाएका छैनौं, लक्ष्मी महतो समूहले यस्तो गर्दा पनि प्रहरी मुकदर्शक बन्यो,’ मण्डलले भने, ‘आपराधिक गतिविधि गर्नेहरुलाई संरक्षण गर्नेहरुसँग विश्वासै लागेको छैन ।’

मधेश प्रदेश गृहमन्त्री पनि घटनास्थलमा

मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साह पनि गौशालाको निगौलमा पुगेर घाइतेको अवस्थाबारे जानकारी लिएका छन् । स्थानीयसामु गृहमन्त्री साहले निगौलवासीको सुरक्षाका लागि प्रशासनलाई निर्देशन दिइसकेको जानकारी दिए ।

उनले भने, ‘यदि स्थानीय प्रशासनबाट पनि त्रुटी भएको रहेछ भने अपराधीलाई सहयोग गर्ने प्रहरीलाई पनि कारवाहीको प्रक्रिया अगाडि बढाइनेछ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता