२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भारत विनाशकारी भूकम्पको संघारमा

२०८२, ४ बैशाख बिहीबार ११:५४

काठमाडौँ | वैज्ञानिकहरूले भारतको भौगर्भिक भविष्यबारे चिन्ताजनक चेतावनी जारी गरेका छन् । भारतीय प्लेट अब दुई भागमा विभाजित हुँदैछ भनेर भूगर्भविद्हरूले संकेत गरेका छन् । यसले भविष्यमा देशमा भूकम्पको सम्भावना बढाउन सक्ने बताइएको छ । अमेरिकाको जियोफिजिकल युनियनमा यससम्बन्धी एउटा अनुसन्धान प्रतिवेदन छापिएको पनि छ । यसमा भारतीय प्लेट अब ‘डिलेमिनेशन’ नामक नयाँ भूगर्भीय प्रक्रियाबाट गुज्रिरहेको बताइएको छ ।

के हो डिलेमिनेशन ?
डिलेमिनेशन एक भूगर्भीय प्रक्रिया हो, जसमा टेक्टोनिक प्लेटको तल्लो भाग पृथ्वीको आवरणमा छिर्छ । यस अवधिमा प्लेट भित्र ठाडा दरारहरू उत्पन्न हुन्छन् । जसले यसको स्थिरतालाई असर गर्न सक्छ । यो प्रक्रियाले प्लेटहरूको संरचना परिवर्तन गर्न सक्छ र त्यस क्षेत्रमा भूकम्पजस्ता प्राकृतिक प्रकोपहरूको सम्भावना बढाउन सक्छ । विगत ६ करोड वर्षदेखि युरेशियन प्लेटसँग ठोक्किँदै आएको भारतीय प्लेट अब नयाँ चरणमा प्रवेश गरेको वैज्ञानिकहरूको विश्वास छ । यो खोज यस अर्थमा पनि महत्त्वपूर्ण छ कि यसले भारतमा हुने भूकम्पको गम्भीरता र प्रकृति बुझ्न मद्दत गर्नेछ । तिब्बती झरनाहरूमा भूकम्पीय तरङ्गहरू र हेलियम आइसोटोपहरूको विश्लेषण गरेपछि आफूहरू यो निष्कर्षमा पुगेको दाबी वैज्ञानिकहरूले गरेका छन् । यस क्रममा इन्डियन प्लेटभित्र एउटा ठाडो दरार भेटिएको थियो । यसबारे पहिला वैज्ञानिकहरूलाई थाहा थिएन ।

‘महादेशहरूले यस्तो खालका व्यवहार गर्न सक्छन् भनेर हामीले कहिल्यै कल्पना गरेका थिएनौँ । यो पृथ्वी विज्ञानको लागि निकै मौलिक खोज हो,’ युट्रेक्ट विश्वविद्यालयका भूगर्भशास्त्री डुवे भ्यान हिन्सबर्गन भन्छन् । यो खोजले यो कुरालाई प्रमाणीत गरिदिएको छ कि प्लेटको सतहको मोटाई र विशेषताहरू अलग अलग त हुन सक्छन् नै यसले टेक्टोनिक परिवर्तनहरूलाई असर गर्ने आन्तरिक प्रक्रियाहरू पनि धेरै छिटो परिवर्तन गर्न सक्छ भनेर उनले भनेका छन् । यो कुरा बुझ्न अत्यन्तै गाह्रो भएको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन