३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भारत विनाशकारी भूकम्पको संघारमा

४ बैशाख २०८२, बिहीबार ११:५४

काठमाडौँ | वैज्ञानिकहरूले भारतको भौगर्भिक भविष्यबारे चिन्ताजनक चेतावनी जारी गरेका छन् । भारतीय प्लेट अब दुई भागमा विभाजित हुँदैछ भनेर भूगर्भविद्हरूले संकेत गरेका छन् । यसले भविष्यमा देशमा भूकम्पको सम्भावना बढाउन सक्ने बताइएको छ । अमेरिकाको जियोफिजिकल युनियनमा यससम्बन्धी एउटा अनुसन्धान प्रतिवेदन छापिएको पनि छ । यसमा भारतीय प्लेट अब ‘डिलेमिनेशन’ नामक नयाँ भूगर्भीय प्रक्रियाबाट गुज्रिरहेको बताइएको छ ।

के हो डिलेमिनेशन ?
डिलेमिनेशन एक भूगर्भीय प्रक्रिया हो, जसमा टेक्टोनिक प्लेटको तल्लो भाग पृथ्वीको आवरणमा छिर्छ । यस अवधिमा प्लेट भित्र ठाडा दरारहरू उत्पन्न हुन्छन् । जसले यसको स्थिरतालाई असर गर्न सक्छ । यो प्रक्रियाले प्लेटहरूको संरचना परिवर्तन गर्न सक्छ र त्यस क्षेत्रमा भूकम्पजस्ता प्राकृतिक प्रकोपहरूको सम्भावना बढाउन सक्छ । विगत ६ करोड वर्षदेखि युरेशियन प्लेटसँग ठोक्किँदै आएको भारतीय प्लेट अब नयाँ चरणमा प्रवेश गरेको वैज्ञानिकहरूको विश्वास छ । यो खोज यस अर्थमा पनि महत्त्वपूर्ण छ कि यसले भारतमा हुने भूकम्पको गम्भीरता र प्रकृति बुझ्न मद्दत गर्नेछ । तिब्बती झरनाहरूमा भूकम्पीय तरङ्गहरू र हेलियम आइसोटोपहरूको विश्लेषण गरेपछि आफूहरू यो निष्कर्षमा पुगेको दाबी वैज्ञानिकहरूले गरेका छन् । यस क्रममा इन्डियन प्लेटभित्र एउटा ठाडो दरार भेटिएको थियो । यसबारे पहिला वैज्ञानिकहरूलाई थाहा थिएन ।

‘महादेशहरूले यस्तो खालका व्यवहार गर्न सक्छन् भनेर हामीले कहिल्यै कल्पना गरेका थिएनौँ । यो पृथ्वी विज्ञानको लागि निकै मौलिक खोज हो,’ युट्रेक्ट विश्वविद्यालयका भूगर्भशास्त्री डुवे भ्यान हिन्सबर्गन भन्छन् । यो खोजले यो कुरालाई प्रमाणीत गरिदिएको छ कि प्लेटको सतहको मोटाई र विशेषताहरू अलग अलग त हुन सक्छन् नै यसले टेक्टोनिक परिवर्तनहरूलाई असर गर्ने आन्तरिक प्रक्रियाहरू पनि धेरै छिटो परिवर्तन गर्न सक्छ भनेर उनले भनेका छन् । यो कुरा बुझ्न अत्यन्तै गाह्रो भएको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’