2026-09-27 12:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भारतीय प्रधानमन्त्री मोदीले आतंककारी र षड्यन्त्रकारीलाई पृथ्वीको अन्तिम कुनासम्म छाड्ने छैनौँ भने

काठमाडौँ | मंगलबार जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलोपटक बिहीबार बिहारको मधुबनीमा सार्वजनिक कार्यक्रममा सहभागी भए । कार्यक्रममा उनी पहलगाम आक्रमणबारे क्रोधित सुनिए । प्रधानमन्त्री मोदीले भने, “आक्रमण गर्ने आतंककारीहरूलाई कल्पना गरेभन्दा ठूलो सजाय दिइनेछ ।”

मधुबनीमा आयोजित कार्यक्रममा भाषण सुरु गर्नुअघि प्रधानमन्त्री मोदीले दुई मिनेट मौन धारण गरेर आक्रमणमा मारिएकाहरूलाई श्रद्धाञ्जली अर्पण गरेका थिए । उनले भने, “आज बिहारको भूमिबाट म सम्पूर्ण विश्वलाई यो सन्देश दिन्छु कि भारतले प्रत्येक आतंककारी र तिनीहरूलाई समर्थन गर्नेहरूलाई पहिचान गर्नेछ र सजाय दिनेछ । हामी पृथ्वीको अन्तिम कुनामा पनि तिनीहरूलाई छाड्ने छैनौँ । आतंकवादले भारतको आत्मालाई कहिल्यै तोड्न सक्दैन ।”

“आतंकवाद विनासजाय छाडिने छैन । न्याय सुनिश्चित गर्न आवश्यक पर्ने जस्तोसुकै प्रयास गरिनेछ । सम्पूर्ण राष्ट्र यस संकल्पमा एकताबद्ध छ । मानवतामा विश्वास गर्ने प्रत्येक व्यक्ति हाम्रो साथमा छ । हामीसँगै उभिएका विभिन्न देश र उनीहरूका जनतालाई म धन्यवाद दिन्छु,” मोदीले भने । उनले अगाडि भने, “आतंककारीहरूले निर्दोष नागरिकहरूलाई जुन क्रूरताका साथ मारेका छन्, त्यसबाट सम्पूर्ण राष्ट्र दुःखी छ । यस आतंककारी आक्रमणमा कसैले आफ्नो छोरा गुमाएका छन्, कसैले आफ्ना भाइ गुमाएका छन् र कसैले आफ्नो जीवनसाथी गुमाएका छन् । सम्पूर्ण राष्ट्र पीडितहरूको साथमा उभिएको छ ।”

“यो आक्रमण केवल निहत्था पर्यटकमाथि मात्र भएको छैन, देशका शत्रुहरूले भारतको आत्मामाथि आक्रमण गर्ने आँट गरेका छन् । म स्पष्ट शब्दमा भन्न चाहन्छु कि यो आक्रमण गर्ने आतंककारीहरू र यस आक्रमणको षड्यन्त्र गर्नेहरूलाई उनीहरूले कल्पना गर्न सक्नेभन्दा पनि खराब सजाय दिइनेछ,” मोदीले स्पष्ट भनेका छन् । उनी यत्तिमै रोकिएनन् । उनले भने, “अब आतंककारीहरूको बाँकी रहेको जमिनलाई ध्वस्त पार्ने समय आएको छ । १४० करोड भारतीयहरूको इच्छाशक्तिले अब आतंककारीका मालिकहरूको ढाड भाँचिदिनेछ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह