५ जेष्ठ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ट्रम्पको भन्सार नीति अमेरिकामा अभावको कारण बन्न सक्ने पूर्व उपराष्ट्रपति पेन्सको चेतावनी

२३ बैशाख २०८२, मंगलवार १२:५३

अमेरिकाका पूर्व उपराष्ट्रपति माइक पेन्सले सोमबार ट्रम्प प्रशासनको भन्सार नीतिको आलोचना गर्दै सम्भावित अभावले अमेरिकीहरूलाई ह्वाइट हाउसबाट ‘फरक दृष्टिकोणको माग’ गर्न बाध्य पार्न सक्ने बताउनुभएको छ ।

सिएनएनसँगको प्राइमटाइम अन्तर्वार्तामा पेन्सले विभिन्न विषयहरूमा छलफल गर्नुभयो र सन् २०२१ जनवरी ६ मा अमेरिकी संसद् भवनमा आक्रमण गरेको आरोपमा अभियोजन गरिएका लगभग सबै दङ्गाकारीलाई माफी दिएकोमा आफ्ना पूर्व बोस ट्रम्पको आलोचना गर्नुभयो ।आफ्नो दोस्रो कार्यकालमा डोनाल्ड ट्रम्पले अन्य देशहरूले ‘अनुचित’ अभ्यासहरू अपनाएको र वासिङ्टनले हरेक देशसँग व्यापार सन्तुलन हासिल गर्न आवश्यक रहेको दाबी गर्दै लगभग सबै अमेरिकी व्यापारिक साझेदारहरूमाथि व्यापक भन्सार शुल्क लगाउनुभएको छ ।

पेन्सले आफ्नो पहिलो कार्यकालमा ट्रम्पका लागि उपराष्ट्रपतिको रूपमा सेवा गर्नुभयो तर विशेष गरी सन् २०२० को चुनावमा धाँधली भएको ट्रम्पको दाबीलाई लिएर रिपब्लिकन अर्बपतिसँग मतभेद राख्नुभएको थियो । पेन्सले ट्रम्पको भन्सार नीतिहरू ‘अनिवार्य रूपमा नयाँ औद्योगिक नीति हो जसले मुद्रास्फीति निम्त्याउँछ, जसले उपभोक्ताहरूलाई हानि पुर्‍याउँछ र अन्ततः अमेरिकी अर्थतन्त्रलाई हानि पुर्‍याउँछ’ भन्ने ‘चिन्ता’ भएको बताउनुभयो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘शक्ति मात्र बुझ्नुहुन्छ’ भन्दै पूर्व उपराष्ट्रपति पेन्स रुस–युक्रेन युद्धमा ट्रम्पसँग असहमत देखिनुभयो । “यदि पछिल्ला तीन वर्षले हामीलाई केही सिकाउँछ भने भ्लादिमिर पुटिन शान्ति चाहनुहुन्न, उहाँ युक्रेन चाहनुहुन्छ”, उहाँले भन्नुभयो । ट्रम्प प्रशासनले युद्धमा युद्धविराम सुरक्षित गर्ने प्रयासको नेतृत्व गरेको छ । अमेरिकी अधिकारीहरूले प्रायः द्वन्द्वमा मस्कोको अनुरूप अमेरिकी स्थितिहरू परिवर्तन गरेको देखिन्छ ।

तथापि ट्रम्पले वार्तामा भएको गतिरोधबारे पुटिनप्रति बढ्दो अधैर्य व्यक्त गर्नुभएको छ । अधिकारीहरूले वासिङ्टनले यदि चाँडै ठोस परिणामहरू नआए प्रक्रियाबाट बाहिरिने सङ्केत दिएका छन् । ट्रम्पलाई जो बाइडेनसँग हारेको चुनावी परिणामको प्रमाणीकरण रोक्नका लागि अमेरिकी विधायी शक्तिको केन्द्रमा आक्रमण गरेका संसद् भवनका दङ्गाकारीहरूलाई माफी दिएकामा पेन्सले निराशा व्यक्त गर्नुभयो । “राष्ट्रपति ट्रम्पले त्यस दिन कानून प्रवर्तन अधिकारीहरू विरुद्ध हिंसामा संलग्न मानिसहरूलाई क्षमा गरेको देखेर म निकै निराश थिएँ”, पेन्सले भन्नुभयो, “राष्ट्रपतिलाई संविधानअन्तर्गत माफी दिने हरेक अधिकार छ, तर त्यस क्षणमा, मैले यसले गलत सन्देश पठाएको महसुस गरेँ ।”

ट्रम्पका समर्थकहरूले बाइडेनको विजय प्रमाणीकरणमा पेन्सको सहभागितालाई विश्वासघात मानेका थिए र रिपब्लिकनका लागि आयोजित ¥यालीहरूमा “माइक पेन्सलाई झुण्ड्याऊ!“ भन्ने नाराहरू सामान्य भएका थिए। तथापि पेन्सले ‘अन्तमा ती दुर्भाग्यपूर्ण दिनहरू नभएसम्म हामीबीच कहिल्यै अन्तरक्रिया भएको थिएन’ भन्दै पेन्सले आफू अझै पनि ‘ट्रम्प–पेन्स प्रशासनको रेकर्डमा गर्व’ गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ऊर्जामन्त्री खड्का र युएईका सहायक विदेशमन्त्रीबीच भेटवार्ता सगरमाथा संवाद : परिकल्पनाको आठ वर्षपछि साकार भएको विश्व मञ्च गाजामा धेरै मानिस भोकमरीमा छन् : ट्रम्प युक्रेनमा शान्ति कायम गर्नका लागि बेवास्ता गरेकोमा पुटिनले मुल्य चुकाउनु पर्छ: स्टार्मर प्रथम महिलाले सगरमाथा आरोहण गरेको ५० वर्ष पूरा जतिसक्दो छिट्टै पुटिनलाई भेट्न चाहन्छौँः राष्ट्रपति ट्रम्प मिश्रको बहस सकियाे ,आदेश आउन बाँकी गाजामा अब क्यान्सरको उपचार असम्भब :डब्लुएचओ अमेरिकाद्वारा संयुक्त अरब इमिरेट्ससँग २०० अर्बको सम्झौता परराष्ट्रमन्त्री डा राणा र भारतका वातावरण मन्त्रीबीच भेटवार्ता नेपाललाई भारतको २ वटा बन्दरगाहबाट सबै सामान ल्याउन छुट प्रधानमन्त्रीसँग बङ्गलादेशका समाज कल्याणमन्त्रीको शिष्टाचार भेट निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध छः मन्त्री भण्डारी अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित प्रधानमन्त्रीसँग विश्व बैंकका दक्षिण एसिया उपाध्यक्षको शिष्टाचार भेट अब आवेदन दिएको दुई घण्टाभित्रै श्रम स्वीकृति द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छः रक्षामन्त्री राई वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता रवि र छविलाई सुनुवाइको जानकारी चाँडो पठाउनु :उच्च अदालत देउवा र माओवादीका उपमहासचिव शर्माबीच भेटवार्ता, समसामयिक विषयमा छलफल