५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शून्य समय : किसानलाई समयमै मलखाद उपलब्ध गराउन माग

२६ बैशाख २०८२, शुक्रबार १४:४३

काठमाडौँ | प्रतिनिधिसभामा सांसदहरुले गएको वर्षायाममा बाढीपहिरोबाट भएको क्षतिको राहत आजसम्म प्राप्त नभएको, तराईका जिल्ला खाद्यान उत्पादनका हिसाबले महत्वपूर्ण भए पनि सिँचाइ र समयमै मलखाद उपलब्ध नभएका कारण किसानले समस्या झेलिरहनुपरेको बतानुभयो ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद सूर्यमान तामाङ दोङले काभ्रेपलाञ्चोकको पनौती, बेथानचोक, लोसी र तिमाल सिन्धुलीको कुशेश्वरलगायत देशका विभिन्न स्थानमा भएको बाढी पहिरोपीडितले आठ÷नौ महिनसम्म पनि राहत पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले बजेट निर्माण पहुँचका आधारमाभन्दा पनि आवश्यकताको आधारमा गन माग गर्नुभयो ।

सांसद सूर्यबहादुर थापाले देशभर अधुरै रहेका पक्की पुल निर्माण गर्न बजेट सुनिश्चितताको माग गर्नुभयो । बर्दियाको नगदीघाटस्थित पुलको स्रोत सुनिश्चिता भए पनि अझै ठेक्का लाग्न नसकेको उहाँले बताउनुभयो ।

सांसद हरि ढकालले नेपाल राष्ट्र बैंकको नेतृत्व नियुक्तिलाई राजनीतिकरण नगर्न आग्रह गर्नुभयो । सांसद हितराज पाण्डेले नेपाल विद्युत् प्राधिकरणका निवर्तमान प्रबन्ध निर्देशक र वर्तमान प्रबन्ध निर्देशकले सार्वजनिक गर्नुभएको आर्थिक विवरणले आमजनतामा अन्योल सिर्जना गरेकाले प्राधिरकणको समग्र आर्थिक अवस्थाको विवरणबारे सदनलाई जानकारी गराउन माग गर्नुभयो ।

सांसद हेमराज राईले विपत् व्यवस्थापनअन्तर्गत बनेका घरका लागि सङ्घीय सरकारले दिनुपर्ने रकम जतिसक्दो चाँडो उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो । सांसद हृदयराम थानी र ज्ञानु बस्नेत सुवेदीले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता