2026-08-25 08:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

दीर्घकालीन र बलियो शान्तितर्फ अघि बढ्न, ‘हामी गम्भीर वार्ता चाहन्छौँ’: रुसी राष्ट्रपति पुटिन

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग ‘सिधा वार्ता’ को प्रस्ताव गरेका छन् । उनले मे १५ भन्दा अघि नै कुनै ढिलाइ बिनै वार्ता सुरु गर्नुपर्ने बताएका हुन् ।
‘हामी गम्भीर वार्ता चाहन्छौँ यो द्वन्द्वको जरो कारण हटाउन र दीर्घकालीन र बलियो शान्तितर्फ अघि बढ्न,’ शनिबार राति क्रेम्लिनबाट दुर्लभ टेलिभिजन सम्बोधनमार्फत पुटिनले भने ।

सम्बोधनको केही घण्टाअघि मात्र बेलायती प्रधानमन्त्री कर स्टार्मर, फ्रेन्च राष्ट्रपति इमानुएल म्याक्रोँलगायत युरोपिन नेताहरू युक्रेन पुगेर रुसलाई ३० दिने सर्तरहित युद्धविरामका लागि आह्वान गरेका थिए । यसको प्रतिक्रियामा क्रेम्लिनका प्रवक्ता दिमित्री पेस्कोभले मस्कोले यसबारे ‘सोच्नुपर्ने’ बताउँदै ‘दबाब सिर्जना गर्नु भने बेकार’ भएको चेतावनी दिएका थिए ।

आफ्नो सम्बोधनमा पुटिनले युक्रेनसँगको वार्ता टर्कीको सबैभन्दा ठुलो सहर इस्तानबुलमा गर्न प्रस्ताव पनि गरे । उनले यो वार्ताले रुस र युक्रेनले ‘नयाँ युद्धविराम’ मा सम्झौता हुनसक्ने सम्भावना व्यक्त गरे । यसबारे टर्कीका राष्ट्रपति रेसेप तैयक एर्डोगानसँग आइतबार छलफल गर्ने पनि पुटिनले जानकारी दिए । यता, कीभले पुटिनको प्रस्तावबारे कुनै पनि प्रतिक्रिया दिएको छैन । पुटिनले यसअघि मस्कोले राखेको युद्धविरामका विभिन्न प्रस्तावहरूलाई युक्रेनले जवाफ नदिएको आरोपसमेत लगाएका छन्, जसमा ३० दिनसम्म ऊर्जाका पूर्वाधारमा कुनै हमला नगर्ने र गत महिनाको इस्टर युद्धविराम सामेल छन् ।

तीन वर्षअघि रुसले युक्रेनमा ‘विशेष सैन्य अभियान’ सुरु गरेको थियो । अभियान सुरु भएलगत्तै दुई देशबिच प्रत्यक्ष वार्ता पनि भएको थियो । तर, त्यस यता दुई देशबिच कुनै प्रत्यक्ष छलफल भएको छैन । बीबीसी

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग