२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कर्णाली प्रदेश

हिमबाढीको कारण बुझ्न विज्ञको टोली हुम्ला सदरमुकामा,आजै तिलगाउँतर्फ प्रस्थान गर्ने

२०८२, ९ जेष्ठ बिहीबार ११:४८

काठमाडौँ । तिलगाउँको हिमबाढीको कारण बुझ्न विज्ञहरूको टोली हुम्ला सदरमुकाम सिमीकोट पुगेको छ।

विज्ञहरूको टोली बुधबार नै नेपालगञ्ज पुगेको भए पनि मौसमको खराबीका कारण हुम्ला जान रोकिएको थियो। विज्ञहरूको टोली बिहीबार बिहान सिमीकोट आइपुगेको र आजै तिलगाउँतर्फ प्रस्थान गर्ने प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए।

टोलीमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) सुशीलकुमार श्रेष्ठ, खानी तथा भूगर्भविभागका सिनियर डिभिजनल जिओलोजिस्ट शिवकुमार बास्कोटा र जल तथा मौसम विज्ञान विभागमा हाइड्रोलिस्ट सौहाद्र जोशी छन्।

‘उहाँहरू आजै त्यतातर्फ प्रस्थान गर्नुहुनेछ। गाडी जाने ठाउँसम्म गाडीको प्रबन्ध हुनेछ। त्यसपछि पैदलै त्यतातर्फ प्रस्थान गर्नुहुनेछ,’ उनले भने।

जेठ १ गते राति १० बजेतिर नाम्खा गाउँपालिका वडा नम्बर तिल्जुङ खोला जलाधार क्षेत्रबाट उत्पत्ति भएको हिमबाढीले तिलगाउँमा कटान गरेको थियो। १५ किलोवाट क्षमताको जलविद्युत आयोजना, दुईवटा घर, काठेपुलहरू, सिँचाइ कुलो लगायतमा क्षति पुर्‍याएको थियो।

नाम्खा–६ का वडाध्यक्ष पाल्जोर तामाङका अनुसार तिलगाउँसम्म गाडी पुग्ने बाटो भए पनि जेठ १ गतेकै बाढीले बिगारेको छ। उनी हल्जी गाउँका हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध