२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कर्णाली प्रदेश

हिमबाढीको कारण बुझ्न विज्ञको टोली हुम्ला सदरमुकामा,आजै तिलगाउँतर्फ प्रस्थान गर्ने

९ जेष्ठ २०८२, बिहीबार ११:४८

काठमाडौँ । तिलगाउँको हिमबाढीको कारण बुझ्न विज्ञहरूको टोली हुम्ला सदरमुकाम सिमीकोट पुगेको छ।

विज्ञहरूको टोली बुधबार नै नेपालगञ्ज पुगेको भए पनि मौसमको खराबीका कारण हुम्ला जान रोकिएको थियो। विज्ञहरूको टोली बिहीबार बिहान सिमीकोट आइपुगेको र आजै तिलगाउँतर्फ प्रस्थान गर्ने प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए।

टोलीमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) सुशीलकुमार श्रेष्ठ, खानी तथा भूगर्भविभागका सिनियर डिभिजनल जिओलोजिस्ट शिवकुमार बास्कोटा र जल तथा मौसम विज्ञान विभागमा हाइड्रोलिस्ट सौहाद्र जोशी छन्।

‘उहाँहरू आजै त्यतातर्फ प्रस्थान गर्नुहुनेछ। गाडी जाने ठाउँसम्म गाडीको प्रबन्ध हुनेछ। त्यसपछि पैदलै त्यतातर्फ प्रस्थान गर्नुहुनेछ,’ उनले भने।

जेठ १ गते राति १० बजेतिर नाम्खा गाउँपालिका वडा नम्बर तिल्जुङ खोला जलाधार क्षेत्रबाट उत्पत्ति भएको हिमबाढीले तिलगाउँमा कटान गरेको थियो। १५ किलोवाट क्षमताको जलविद्युत आयोजना, दुईवटा घर, काठेपुलहरू, सिँचाइ कुलो लगायतमा क्षति पुर्‍याएको थियो।

नाम्खा–६ का वडाध्यक्ष पाल्जोर तामाङका अनुसार तिलगाउँसम्म गाडी पुग्ने बाटो भए पनि जेठ १ गतेकै बाढीले बिगारेको छ। उनी हल्जी गाउँका हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव