2026-10-07 04:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जेलेन्स्कीद्वारा ट्रम्प र पुटिनसँग त्रिपक्षीय बैठकको प्रस्ताव

मस्कोलाई उसको तीन वर्षे आक्रमण रोक्न बाध्य पार्न खोजिरहनुभएका युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग त्रिपक्षीय शिखर सम्मेलनको आह्वान गर्नुभएको छ ।
रुसी राष्ट्रपति पुटिनले यस महिनाको सुरुमा टर्कीमा जेलेन्स्कीलाई भेट्ने आह्वानलाई अस्वीकार गर्नुभयो र क्रेमलिनले दुई नेताबीच कुनै प्रकारको ‘सम्झौता’ भएपछि मात्र बैठक हुने बताएको छ ।
यसैबीच, अमेरिकी राष्ट्रपतिले पुटिन र जेलेन्स्की दुवैले युद्ध अन्त्य गर्न सम्झौता नगरेकोमा निराशा व्यक्त गर्नुभएको छ ।
“यदि पुटिन द्विपक्षीय बैठकमा सहज हुनुहुन्न भने वा यदि सबैले यसलाई त्रिपक्षीय बैठक बनाउन चाहन्छन् भने मलाई कुनै आपत्ति छैन । म कुनै पनि ढाँचाका लागि तयार छु”, जेलेन्स्कीले बुधबार प्रकाशित पत्रकारहरूलाई दिएको टिप्पणीमा भन्नुभयो ।
उहाँले ‘ट्रम्प–पुटिन–म’ बैठकको लागि ‘तयार’ भएको बताउनुभयो र वासिङ्टनलाई मस्कोको बैंकिङ र ऊर्जा क्षेत्रमा कडा प्रतिबन्धहरूको प्याकेज लगाउन आग्रह गर्नुभयो ।
“हामी संयुक्त राज्य अमेरिकाबाट प्रतिबन्धहरूको प्रतीक्षा गरिरहेका छौँ”, जेलेन्स्कीले भन्नुभयो, “यदि रुसले रोकेन भने, प्रतिबन्धहरू लगाइनेछ भनेर ट्रम्पले पुष्टि गर्नुभयो । हामीले उहाँसँग दुई मुख्य पक्षहरू छलफल गर्‍यौँ –– ऊर्जा र बैंकिङ प्रणाली । के अमेरिकाले यी दुई क्षेत्रमा प्रतिबन्धहरू लगाउन सक्षम हुनेछ ? म त्यो धेरै चाहन्छु ।”
रुसले तत्काल युद्धविरामका लागि गरिएको समन्वित पश्चिमी अपिललाई अस्वीकार गरेपछि मस्कोमाथि नयाँ प्रतिबन्धको घोषणा नगरेकोमा जेलेन्स्कीले यसअघि वासिङ्टनप्रति निराशा व्यक्त गर्नुभएको थियो ।
जेलेन्स्कीले बोलेको केही घण्टापछि युक्रेनले रुसमाथि आफ्नो अहिलेसम्मको सबैभन्दा ठूलो ड्रोन आक्रमण सुरु ग¥यो । मस्कोको रक्षा मन्त्रालयका अनुसार देशमा झन्डै तीन सय ड्रोन प्रहार भयो ।
रुसी अधिकारीहरूले आक्रमणबाट थोरै मात्र क्षति भएको बताएका छन् ।
युद्धक्षेत्रमारुसले उत्तरपूर्वी सुमी सीमा क्षेत्रको वरिपरको अग्रपङ्क्तिमा ५० हजारभन्दा बढी सेना ‘जम्मा गरिरहेको’ बताउनुभयो । त्यहाँ मस्कोको सेनाले युक्रेनी भूभागभित्र पुटिनले ‘बफर जोन’ भनेको स्थापना गर्न खोज्दै धेरै बस्तीहरू कब्जा गरेको छ ।
जेलेन्स्कीले युक्रेनले शान्ति सम्झौताको मागमा रुसबाट प्रतिज्ञा गरिएको ‘ज्ञापनपत्र’ अझै प्राप्त नगरेको पनि बताउनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी सामान्य अङ्कले घट्यो नेप्से न्यायाधीश नियुक्तिमा समावेशी सिद्धान्त पालना गर्न नेपाल बारको माग इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए