2026-10-07 04:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सामाजिक सञ्जालमा गरेको पोस्ट रोक्ने विदेशी अधिकारीलाई भिसा नदिन सक्ने रूबियोको चेतावनी

(रासस/एएफपी) वासिङ्टन:अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिकी नागरिकले सामाजिक सञ्जालमा गरेको पोस्ट रोक्ने विदेशी अधिकारीलाई अमेरिकाले भिसा नदिन सक्ने बताउनुभएकोे छ ।

इजरायलको आलोचना गर्ने अधिकारकर्मीहरूबाट अमेरिकी भिसा हटाएको भन्दै आलोचनाको सिकार बनेका रुबियोले अमेरिकी प्रविधि कम्पनीहरूविरुद्ध विदेशमा ‘स्पष्ट सेन्सरसिप कार्य’ विरुद्ध सरकारले काम गरिरहेको बताउनुभएको हो ।

उहाँले नयाँ नीतिअनुसार भिसा गुमाउने कुनै पनि अधिकारीको नाम सार्वजनिक गर्नुभएको छैन तर गत हप्ता उहाँले सांसदहरूलाई ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीश एलेक्जेन्ड्रे डी मोरेसविरुद्ध कारबाही गर्ने योजना बनाइरहेको बताउनुभएको थियो ।

राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले मित्र राष्ट्रहरू जर्मनी र बेलायतलाई पनि कडा आलोचना गरेको छ।

रुबियोले भन्नुभयो, “संयुक्त राज्य अमेरिकाले देशमा संरक्षित ‘अभिव्यक्तिको सेन्सरशिप’को लागि जिम्मेवार विदेशी नागरिकहरूलाई भिसा प्रतिबन्धित गर्न सुरु गर्नेछ।”

रुबियोले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अमेरिकी भूमिमा भौतिक रुपमा उपस्थित हुँदा अमेरिकी प्लेटफर्म वा सामाजिक सञ्जालमा पोस्ट गर्ने अमेरिकी नागरिक वा अमेरिकी बासिन्दालाई पक्राउ पुर्जी जारी गर्ने वा चेतावनी दिने अधिकार विदेशी अधिकारीहरूलाई छैन ।”

उहाँले भन्नुभयो, “विदेशी अधिकारीहरूले अमेरिकी प्रविधि केन्द्रहरूले विश्वव्यापी सामग्री नियन्त्रण नीतिहरू अपनाउन वा सेन्सरशिप गतिविधिमा संलग्न हुन माग गर्नु पनि अस्वीकार्य छ जुन उनीहरूको अधिकार भन्दा बाहिर छ । यो संयुक्त राज्य अमेरिकाको जिम्मेवारी हो ।”

“हामी हाम्रो अभिव्यक्ति स्वतन्त्रताको मौलिक अधिकारको अभ्यासलाई कमजोर पार्ने अमेरिकी सार्वभौमिकतामाथिको अतिक्रमणलाई सहन गर्नेछैनौं,” उहाँले भन्नुभयो ।

रुबियोले गाजामा इजरायलको आक्रमणको विरोधमा प्रदर्शन गरिरहेका हजारौँ मानिसहरुको अमेरिकी भिसा रद्द गरेको बताउनुभएको छ ।

टफ्ट्स युनिभर्सिटीमा विद्यावारिधि गरिरहेकी छात्रा रुमेसा ओज्तुर्कले गाजामा विद्यालयको स्थितिको आलोचना गर्दै एक पत्रिकामा विचार व्यक्त गर्दै लेखेको लेखप्रति सङ्केत गर्दै भिसा रद्द गर्ने अधिकार सरकारमा रहेको बताउनुभएको हो ।

नकाबपोशधारी अधिकारीले उहाँलाई म्यासाचुसेट्सको सडकमा पक्राउ गरेका थिए । हालै एक न्यायाधीशले उनलाई रिहा गर्न आदेश दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी सामान्य अङ्कले घट्यो नेप्से न्यायाधीश नियुक्तिमा समावेशी सिद्धान्त पालना गर्न नेपाल बारको माग इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए