2026-09-15 07:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

गण्डकी सरकारले यातायात व्यवसायीलाई वार्तामा आउन पुनः आह्वान

काठमाडौँ | गण्डकी प्रदेश सरकारले आन्दोलनरत सार्वजनिक यातायात व्यवसायीहरूलाई वार्तामा आउन हुन पुनः आग्रह गरेको छ।

आइतबार भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमार्फत सरकार पक्षले व्यवसायीहरूसँग संवाद गरी समस्या समाधानको बाटो खोज्न वार्ताका लागि खुला आह्वान गरेको हो।

‘राइड सेयरिङ’ सेवालाई वैधानिकता दिएको विरोधमा व्यवसायीहरूले गण्डकी प्रदेशमा यातायात सेवा बन्द गरिरहेका छन्। यसअघि बुधबार वार्ताको निम्तो दिइएको भए पनि व्यवसायीहरू वार्तामा सहभागी भएका थिएनन्।

छलफलका लागि मन्त्रालयका सचिवको संयोजकत्वमा पाँच सदस्यीय अधिकार सम्पन्न वार्ता समिति गठन भइसकेको जानकारी पत्रकार सम्मेलनमा दिइयो।

वार्ता समिति संयोजक तथा प्रदेश सरकारका सचिव इञ्जिनियर कमलकुमार अधिकारीले कानुनबाट कुनै पक्ष प्रभावित भएको महसुस गरेमा त्यसबारे खुला छलफल गर्न सरकार सधैं तयार रहेको उल्लेख गरे। उनले वार्ता नै समस्याको समाधानको प्रभावकारी माध्यम भएकाले बन्द–हडताल स्थगन गरी वार्तामा आउन व्यवसायीहरूलाई आग्रह गरे।

यसअघि आठवटा यातायात सम्बन्धित संगठनहरूले संयुक्त पत्रकार सम्मेलन गर्दै सरकारसमक्ष १७ बुँदे मागपत्र प्रस्तुत गरेका थिए। मागहरूमा निजी सवारीसाधनमार्फत यात्रु ओसारपसार गर्ने व्यवस्था खारेज गर्नुपर्ने, सार्वजनिक सवारीको आयु सीमा हटाउनुपर्ने, राइड सेयरिङ सेवालाई कानुनी मान्यता नदिनुपर्ने जस्ता विषयहरू समावेश छन्।

सार्वजनिक यातायात बन्दका कारण जेठ १६ गतेदेखि गण्डकी प्रदेशका सर्वसाधारण गम्भीर समस्या र असुविधामा परेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु