काठमाडौं | राजसंस्था पुनःस्थापना र हिन्दू राष्ट्र घोषणालगायत मागसहित आन्दोलनरत राजावादी समूहले आजका लागि आन्दोलन स्थगित गरेको जनाएको छ।
‘संयुक्त जनआन्दोलन समिति’ले जेठ १९ गते दरबार हत्याकाण्ड भएको दिन भएकाले शोक दिवसको रुपमा मनाउने निर्णय लिएका छन्।
आज साँझ कमलादीस्थित गणेशस्थानमा दिवंगत राजा वीरेन्द्र तथा उनको परिवारप्रति श्रद्धाञ्जली अर्पण गर्न दीप प्रज्ज्वलन कार्यक्रमको आयोजना गरिएको जानकारी दिँदै, सबैलाई उक्त कार्यक्रममा सहभागी हुन अनुरोध गरिएको छ।