2026-10-07 12:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

काठमाडौँको डिल्लीबजार कारागारमा सरुवा गर्न रवि लामिछनेको माग

काठमाडौं । सुप्रिम सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुानामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कारागार सरुवा गर्न माग गरेका छन्। जिल्ला अदालत रुपन्देहीमा निवेदन दिएर सरुवा माग गरेपछि अदालतले आवश्यक प्रक्रिया मिलाइदिन भनि कारागार प्रशासनलाई लेखि पठाएको थियो।

लामिछानेले काठमाडौँको डिल्लीबजार कारागार सरुवा माग गरेका छन्। त्यसै अनुसार रुपन्देही कारागार प्रशासनले कारागार व्यवस्थापन विभागमा पत्र पठाइसकेको छ। तर कारागार व्यवस्थापन विभागबाट निर्णय भएर आउन बाँकी रहेको रुपन्देही कारागारका जेलर सुरेश भण्डारीले जानकारी दिए।

उनका अनुसार विभागबाट निर्णय भएर आए लगतै लामिछानेलाई सरुवा गरिने छ। सुप्रिम सहकारी ठगीको अभियोगमा जिल्ला अदालत रुपन्देहीले सुरुमा एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गत चैत २२ गते जिल्ला अदालतको आदेश बदर गर्दै पुर्पक्षका लागि थुनामै राख्ने आदेश गरेपछि उनी त्यसै दिन पक्राउ परेका थिए।

तर उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालत गएका थिए। सर्वोच्चबाट रिहा हुने आशामा उनले यसअघि रुपन्देही कारागारमै बसेर मुद्दा लडिरहेका थिए। तर सर्वोच्च अदालतले पनि उच्च अदालतकै आदेश सदर गरेपछि अब उनले काठमार्डौँ सरुवा हुन चाहेका हुन्। परिवार र पार्टीभित्रको भेटघाटलाई सहज बनाउन उनी काठमाडौँकै कारागार आउन चाहेको जनाएका छन्। काठमाडौँ र ललितपुरमा तीन वटा कारागार छन्। त्यसमध्ये कम कैदीबन्दी रहेको डिल्लीबजारमा भीआईपी कैदीहरू बढि रहने गरेका छन्। लामिछानेले पनि सोही कारागारमा बस्न चाहेका छन्।

अब उनले सुप्रिम सहकारी ठगीको अभियोगमा फैसला नभएसम्मका लागि थुनामा बस्नैपर्छ। कारागार बसाई लम्बिने भएपछि उनले सरुवा माग गरेका हुन्। रुपन्देही बाहेकका अदालतबाट भने उनी धरौटीमा रिहा भएका थिए।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’