८ असार २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

एनआरएनलाई नागरिकता दिने विषयमा संसदीय समितिद्वारा सरकारको धारणा माग

२२ जेष्ठ २०८२, बुधबार १४:१३

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) लाई नागरिकता दिने विषयमा संसदीय समितिले सरकारको स्पष्ट धारणा माग गरेको छ। बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकपछि सभापति रामहरि खतिवडाले नागरिकता ऐन संशोधन विधेयकबारे छलफलका क्रममा सरकारले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने बताएका हुन्।

सभापति खतिवडाका अनुसार बुधबारको बैठकमा नागरिकता ऐन संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल भएको थियो। छलफलपछि उनले भने, “हाम्रो चाहना पनि नेपाली नागरिक अनागरिक नहून्, तर विदेशीलाई अनावश्यक रूपमा खुला पनि नगरियोस्। त्यसै धारणा साथ विधेयक अघि बढाउने प्रयास गरेका छौँ।”

उनले विशेष गरी ब्रिटिस गोर्खा र गैरआवासीय नेपाली (एनआरएन) को समस्या समाधान गर्न सरकार अघि सर्नुपर्ने आवश्यकता औँल्याए। “यी समस्याको समाधान कसरी गर्न सकिन्छ भन्नेबारे सरकारको धारणा आउनुपर्छ,” खतिवडाले भने।

सभापति खतिवडाका अनुसार अब सो विधेयकमाथि दफावार छलफल सुरु हुने छ। गृहमन्त्री रमेश लेखकले नागरिकता ऐन संशोधन विधेयक १५ माघ २०८१ मा प्रतिनिधि सभामा पेश गरेका थिए। त्यसपछि प्रतिनिधि सभाले विधेयकलाई दफावार छलफलका लागि राज्य व्यवस्था तथा सुशासन समितिमा पठाएको हो। समितिले आगामी बिहीबारदेखि दफावार छलफल सुरु गर्ने तयारी गरेको जनाएको छ।

प्रस्तावित विधेयकमा आमाको नामबाट मात्रै पनि नागरिकता पाउन सकिने लगायतका प्रावधान छ ।

‘नेपाली नागरिकताको प्रमाणपत्र र कुनै व्यक्तिले नागरिकताको प्रमणपत्रमा बाबुको नाम, थर, ठेगाना उल्लेख गर्न नचाहेको भनी निवेदन दिएमा त्यस्तो व्यक्तिलाई दिइने नेपाली नागरिकताको प्रमाणपत्रमा बाबुको नाम, थर तथा ठेगाना उल्लेख हुनुपर्ने स्थानमा कुनै बेहोरा उल्लेख नगरी दिनुपर्नेछ’ प्रस्तावित विधेयकको दफा ४ मा छ ।

प्रस्तावित विधेयकले मूल ऐनको दफा ८ संशोधन गर्न लागेको हो । मूल ऐनको दफा ८ मा नागरिकताको प्रमाणपत्र प्राप्तिको लागि निवेदन दिनु पर्ने व्यवस्था छ ।

उपदफा १ मा वंशजको नाताले नेपाली नागरिकताको प्रमाणपत्र लिन चाहने १६ वर्ष उमेर पूरा भएको व्यक्तिले तोकिएको अधिकारी निवेदन दिनु पर्ने व्यवस्था छ ।

यहीँनेर थप व्यवस्था गरेर सरकारले कुनै व्यक्तिले नागरिकताको प्रमणपत्रमा बाबुको नाम, थर, ठेगाना उल्लेख गर्न नचाहेको भनी निवेदन दिएमा त्यसअनुसार नागरिक दिनुपर्ने व्यवस्था राख्ने प्रस्ताव गरेको हो ।

त्यस्तो व्यक्तिलाई दिइने नेपाली नागरिकताको प्रमाणपत्रमा बाबुको नाम, थर तथा ठेगाना उल्लेख हुनुपर्ने स्थानमा कुनै बेहोरा उल्लेख नगरी दिनुपर्नेछ’ प्रस्तावित विधेयकको दफा ४ मा छ ।

प्रचलित ऐन अनुसार नागरिकता लिनका लागि बाबु वा आमा वा वंशतर्फका तीन पुस्ताभित्रका नेपाली नागरिक प्रमाणपत्रको आधारमा निवेदन दिनुपर्ने व्यवस्था छ। तर संशोधन विधेयकले व्यक्तिको इच्छाअनुसार बाबुको विवरण नराखी नागरिकता उपलब्ध गराउने सम्भावना खुला गर्ने प्रावधान ल्याएको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नाइजेरियामा आइएसआइएसको आक्रमण, ३४ सैनिकको मृत्यु टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु कालीगण्डकी ‘करिडोर’ अवरुद्ध, पहिरो रोकिएन नेपालको कम्युनिष्ट आन्दोलनले केपी ओलीलाई निरन्तर अध्यक्ष चाहिरहेको : विष्णु रिजाल बस्तीलाई भू–स्खलनबाट जोगाउन महिला सक्रिय चितवनमा भएको दुर्घटनामा मृत्यु हुनेमा एकै घरका ३ सदस्य,जसमा १ गर्भवती महिला सिजाङ सम्बन्ध सांस्कृतिक सप्ताह सुरु प्रतिनिधिसभा: १० मन्त्रालयका शीर्षकमाथि छलफल जारी सात ठाउँको अवरुद्ध सडक खुलाइयो, तीन ठाउँ अझै बाँकी प्रतिनिधिसभमा रास्वपाः प्रतिपक्षका पालोमा भित्र, सत्तापक्ष बोल्दा बाहिर बरहथवामा प्रहरी र स्थानीयबीच झडप, प्रहरीसहित १० जना घाइते गाजा युद्धले बाल स्वास्थ्यमा गम्भीर असर : युएन ‘यातायात क्षेत्रका समस्या समाधानमा सबैको सहयोग आवश्यक छ’: प्रदेश मन्त्री राय नेकपा एमालेका सचिव योगेश भट्टराईले मन्त्रीहरू संसदप्रति जिम्मेवार नभएको भन्दै आपत्ति इरानद्वारा इजरायली जासुसी सेवासँग सम्बन्धित २२ जना पक्राउ, थप गिरफ्तारीको आशंका सभापति देउवाद्वारा दुःख व्यक्त रास्वपाका सांसदहरु प्रतिनिधिसभा बैठकबाट बाहिरिए मनाङमा मनाइयो अन्तरराष्ट्रिय योग दिवस इजरायलको आक्रमणमा इरानका वरिष्ठ कमान्डर मारिए सात चलचित्र भवनमा ‘अञ्जिला’ ले पूरा गर्‍यो प्रदर्शनको एक सय दिन