२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

एनआरएनलाई नागरिकता दिने विषयमा संसदीय समितिद्वारा सरकारको धारणा माग

२०८२, २२ जेष्ठ बुधबार १४:१३

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) लाई नागरिकता दिने विषयमा संसदीय समितिले सरकारको स्पष्ट धारणा माग गरेको छ। बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकपछि सभापति रामहरि खतिवडाले नागरिकता ऐन संशोधन विधेयकबारे छलफलका क्रममा सरकारले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने बताएका हुन्।

सभापति खतिवडाका अनुसार बुधबारको बैठकमा नागरिकता ऐन संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल भएको थियो। छलफलपछि उनले भने, “हाम्रो चाहना पनि नेपाली नागरिक अनागरिक नहून्, तर विदेशीलाई अनावश्यक रूपमा खुला पनि नगरियोस्। त्यसै धारणा साथ विधेयक अघि बढाउने प्रयास गरेका छौँ।”

उनले विशेष गरी ब्रिटिस गोर्खा र गैरआवासीय नेपाली (एनआरएन) को समस्या समाधान गर्न सरकार अघि सर्नुपर्ने आवश्यकता औँल्याए। “यी समस्याको समाधान कसरी गर्न सकिन्छ भन्नेबारे सरकारको धारणा आउनुपर्छ,” खतिवडाले भने।

सभापति खतिवडाका अनुसार अब सो विधेयकमाथि दफावार छलफल सुरु हुने छ। गृहमन्त्री रमेश लेखकले नागरिकता ऐन संशोधन विधेयक १५ माघ २०८१ मा प्रतिनिधि सभामा पेश गरेका थिए। त्यसपछि प्रतिनिधि सभाले विधेयकलाई दफावार छलफलका लागि राज्य व्यवस्था तथा सुशासन समितिमा पठाएको हो। समितिले आगामी बिहीबारदेखि दफावार छलफल सुरु गर्ने तयारी गरेको जनाएको छ।

प्रस्तावित विधेयकमा आमाको नामबाट मात्रै पनि नागरिकता पाउन सकिने लगायतका प्रावधान छ ।

‘नेपाली नागरिकताको प्रमाणपत्र र कुनै व्यक्तिले नागरिकताको प्रमणपत्रमा बाबुको नाम, थर, ठेगाना उल्लेख गर्न नचाहेको भनी निवेदन दिएमा त्यस्तो व्यक्तिलाई दिइने नेपाली नागरिकताको प्रमाणपत्रमा बाबुको नाम, थर तथा ठेगाना उल्लेख हुनुपर्ने स्थानमा कुनै बेहोरा उल्लेख नगरी दिनुपर्नेछ’ प्रस्तावित विधेयकको दफा ४ मा छ ।

प्रस्तावित विधेयकले मूल ऐनको दफा ८ संशोधन गर्न लागेको हो । मूल ऐनको दफा ८ मा नागरिकताको प्रमाणपत्र प्राप्तिको लागि निवेदन दिनु पर्ने व्यवस्था छ ।

उपदफा १ मा वंशजको नाताले नेपाली नागरिकताको प्रमाणपत्र लिन चाहने १६ वर्ष उमेर पूरा भएको व्यक्तिले तोकिएको अधिकारी निवेदन दिनु पर्ने व्यवस्था छ ।

यहीँनेर थप व्यवस्था गरेर सरकारले कुनै व्यक्तिले नागरिकताको प्रमणपत्रमा बाबुको नाम, थर, ठेगाना उल्लेख गर्न नचाहेको भनी निवेदन दिएमा त्यसअनुसार नागरिक दिनुपर्ने व्यवस्था राख्ने प्रस्ताव गरेको हो ।

त्यस्तो व्यक्तिलाई दिइने नेपाली नागरिकताको प्रमाणपत्रमा बाबुको नाम, थर तथा ठेगाना उल्लेख हुनुपर्ने स्थानमा कुनै बेहोरा उल्लेख नगरी दिनुपर्नेछ’ प्रस्तावित विधेयकको दफा ४ मा छ ।

प्रचलित ऐन अनुसार नागरिकता लिनका लागि बाबु वा आमा वा वंशतर्फका तीन पुस्ताभित्रका नेपाली नागरिक प्रमाणपत्रको आधारमा निवेदन दिनुपर्ने व्यवस्था छ। तर संशोधन विधेयकले व्यक्तिको इच्छाअनुसार बाबुको विवरण नराखी नागरिकता उपलब्ध गराउने सम्भावना खुला गर्ने प्रावधान ल्याएको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो