८ असार २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ललितपुरमा विद्युत् पोलले थिचिँदा एकको मृत्यु

२२ जेष्ठ २०८२, बुधबार १६:५८

काठमाडौँ । ललितपुरको ठैवमा विद्युत् पोल सार्ने क्रममा पोलले लागेर ललितपुरको गोदावरी नगरपालिका–१४ स्थित सरस्वतीटार टोलमा एक व्यक्तिको मृत्यु भएको छ।

प्रहरी वृत्त बाँडेगाउँका प्रहरी निरीक्षक विक्रम केसीका अनुसार, ५५ वर्षीय स्थानीय रमेश शाहीको बाटो निर्माणको कामका क्रममा जेसिबीले पोल अड्याउन नसक्दा पोलले थिचिएर ज्यान गएको हो।पोल सार्ने क्रममा सन्तुलन गुमाउँदा पोल सीधै शाहीमाथि खस्दा घटनास्थलमै मृत्यु भएको हो।

घटनापछि आक्रोशित स्थानीयबासिन्दाले जेसिबीको सिसा फुटाएका छन्। घटनास्थलमा झन्डै ८०–९० जना स्थानीयको उपस्थिति रहेको र स्थिति शान्त पार्न प्रहरी टोली परिचालन गरिएको केसीले बताए।

मृतकको शव पोस्टमार्टमका लागि पाटन अस्पताल पठाइएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु ‘निर्वाचन प्रणाली बदल्नुपर्छ’ इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ? भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग : माओवादी केन्द्र कसैले संसद् अवरोध गर्नु हुँदैन, सहमतिबाटै समस्याको हल गर्न सकिन्छ : उपभापति गुरुङ भरतपुर महानगरको बजेट सार्वजनिक : ५ अर्ब ४६ करोड बजेट इरानमाथि अमेरिकी आक्रमणप्रति अन्तराष्ट्रिय समुदायको प्रतिक्रिया, कूटनीतिक समाधानका लागि आग्रह मुग्लिन-मलेखु सडकखण्ड आजदेखि रातिमा बन्द नहुने ‘संसद्मा नीतिगत भन्दा प्राविधिक बहस बढी’ सर्वोच्चको प्रस्तावित न्यायाधीश मेघराज पोखरेलविरुद्ध संसदीय समितिमा उजुरी दर्ता इरानको क्षेप्यास्त्र प्रहारबाट इजरायलको भवनमा आगलागी, १६ जना घाइते एसिसी पुरुष क्रिकेटः नेपालद्वारा सिङगारपुर ६ विकेटले पराजित लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण, मन्थलीको वडा नं. ६ र ७ जोड्ने निर्माणाधीन पुल दोस्रोपटक भत्कियो सांसदसँग रासस संवादः स्वास्थ्य सेवा र शिक्षा निःशुल्क गर्नुपर्छः डा सुनीलकुमार शर्मा राष्ट्रपति कार्यालयसहित विभिन्न मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल जारी संसदबाट बाहिरियो राप्रपा, रास्वपाको वेल घेराउ जारी सांसद अमरेशको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसद्मा छलफल तातेको राष्ट्रपति कार्यालयसहित मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ अमेरिकी आक्रमणपछि महासचिव गुटेरेसको चिन्ता: “स्थिति गम्भीर, कूटनीति नै समाधान”