2026-09-15 05:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ललितपुरमा विद्युत् पोलले थिचिँदा एकको मृत्यु

काठमाडौँ । ललितपुरको ठैवमा विद्युत् पोल सार्ने क्रममा पोलले लागेर ललितपुरको गोदावरी नगरपालिका–१४ स्थित सरस्वतीटार टोलमा एक व्यक्तिको मृत्यु भएको छ।

प्रहरी वृत्त बाँडेगाउँका प्रहरी निरीक्षक विक्रम केसीका अनुसार, ५५ वर्षीय स्थानीय रमेश शाहीको बाटो निर्माणको कामका क्रममा जेसिबीले पोल अड्याउन नसक्दा पोलले थिचिएर ज्यान गएको हो।पोल सार्ने क्रममा सन्तुलन गुमाउँदा पोल सीधै शाहीमाथि खस्दा घटनास्थलमै मृत्यु भएको हो।

घटनापछि आक्रोशित स्थानीयबासिन्दाले जेसिबीको सिसा फुटाएका छन्। घटनास्थलमा झन्डै ८०–९० जना स्थानीयको उपस्थिति रहेको र स्थिति शान्त पार्न प्रहरी टोली परिचालन गरिएको केसीले बताए।

मृतकको शव पोस्टमार्टमका लागि पाटन अस्पताल पठाइएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ