काठमाडौँ । भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको प्रतिबद्धता आए प्रतिनिधि सभा सञ्चालनमा सहजता आउने नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले बताएका छन्।
पाण्डेले सरकारका तर्फबाट प्रधानमन्त्री, कानुनमन्त्री वा कुनै पनि जिम्मेवार मन्त्रीले छानबिन समिति बनाउने प्रतिबद्धता जनाए मात्र विपक्षी दलहरू संसद सुचारु गर्न तयार हुने बताए।
पाण्डेका अनुसार, प्रतिपक्षी दलहरू प्रारम्भिक चरणमै लचक देखिएका छन्। हामीले गृहमन्त्रीको राजीनामा होइन, केवल छानबिन समिति गठनको प्रतिबद्धता मात्रै माग गरेका हौं, तर सत्तापक्ष त्यसमा समेत सकारात्मक देखिएको छैन।”
पाण्डेले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि सिधै आरोप नलागाए पनि गृह मन्त्रालयको मातहतका निकायका गतिविधिको जिम्मेवारी गृहमन्त्रीले लिनुपर्ने धारणा राखे।
उनले संसद् चल्न थालेपछि आवश्यक विषयहरू संसद भित्रै उठाउने स्पष्ट पारे। साथै १३ गतेदेखि उठाइएको विषय अझै कायमै छ, त्यसको सम्बोधन आवश्यकरहेको पनि बताए।