Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २७ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

काठमाडौँमा इन्धनबाट चल्ने आधाभन्दा बढी सवारी मापदण्ड विपरीत

२०८२, २४ जेष्ठ शुक्रबार १४:०२

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गरेको प्रदूषण परीक्षणमा इन्धनबाट सञ्चालन हुने सवारीसाधनमध्ये ५१.४६ प्रतिशत सवारीसाधन वातावरणीय मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको छ।

महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले हालै सम्पन्न गरेको स्थलगत प्रदूषण परीक्षणमा २ हजार ५ सय ३२ सवारीसाधनमध्ये १ हजार ३०३ वटा सवारीसाधन प्रदूषण मापदण्ड विपरीत रहेको निष्कर्ष निकालेको हो।

परीक्षणमा ६११ वटा पेट्रोल सवारीसाधनमध्ये ९५ वटा (१५ प्रतिशत) र १ हजार ९२१ वटा डिजेल सवारीसाधनमध्ये १ हजार २०८ वटा (६२.८८ प्रतिशत) ले तोकिएको प्रदूषण मापदण्ड उल्लंघन गरेको पाइएको छ।

काठमाडौं महानगरपालिकाले ‘वातावरण तथा प्राकृतिक स्रोत ऐन, २०७७’, ‘प्रदूषण नियन्त्रण मापदण्ड, २०८१’ र ‘फोहरमैला संकलन तथा ढुवानी कार्यविधि, २०८१’ लाई कार्यान्वयनमा ल्याउँदै वातावरणीय सुधार तथा सहरी स्वच्छता कायम गर्न सार्वजनिक सवारीसाधनहरूको प्रदूषण परीक्षण गरिरहेको हो।

 

के छ मापदण्ड ?

‘प्रदूषण नियन्त्रण मापदण्ड २०८१’ मा पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधन र निर्माण अवधिलाई छुट्टा-छुट्टै सूचक राखेर मापदण्ड तोकिएको छ ।

जसअनुसार सन् १९८० सम्म उत्पादन भएका चार पाङ्ग्रे सवारीसाधनको कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । सन् १९८१ वा त्यसभन्दा पछि उत्पादन भएका सवारीसाधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ३ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ ।

तीन पाङ्ग्रे सवारीको हकमा सन् १९९१ सम्ममा उत्पादन भएका सवारीसाधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । दुई पाङ्ग्रे सवारीसाधनको हकमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ ।

सन् १९९४ सम्ममा उत्पादन गरिएका सबै किसिमका डिजेल सवारीसाधनका लागि सवारीको धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ७५ हर्टिज स्मोक युनिट (एचएसयु) हुनुपर्छ । सन् १९९५ वा सोभन्दा पछि उत्पादन भएका सवारीसाधनका लागि सवारीको धुँवाको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ६५ हर्टिज स्मोक युनिट (एचएसयू) हुनुपर्छ ।

महानगरको वातावरण विभागले नेपाल सरकारको वातावरण विभाग, ट्राफिक प्रहरी महाशाखा र महानगर प्रहरी बलसँगको समन्वयमा गत २९ पुसदेखि प्रदूषण परीक्षण सुरु गरेको हो, जसअन्तर्गत सहरका विभिन्न स्थानमा चलिरहेका सवारीसाधनहरूको प्रदूषण जाँच गरिरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक सूचना टाँसेर २ बजेसम्म स्थगित विभिन्न देश पठाई दिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो नवनियुक्त मन्त्रीद्वय सुधन गुरुङ र महावीर पुनद्वारा सपथ ग्रहण धादिङको गल्छीमा माइक्रो र कार ठोक्किदा ७ जना घाइते स्रोत, समय र अपेक्षाको चापका बीचमा बजेट ल्याइएको छ: अर्थमन्त्री वाग्ले कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक बस्दै प्रधानमन्त्रीले आएर जवाफ दिनुपर्छ भन्ने हाम्रो अडान कायम छ : वर्षमान पुन प्रतिनिधिसभा बैठक मंगलबारका लागि सारियो हङकङले नेपाललाई दियो १८९ रनको लक्ष्य प्रतिनिधिसभाको बैठक १५ मिनेटलाई स्थगित प्रधानमन्त्रीको मुखबाट निस्किएको कुरा उहाँको मुखबाट सच्याउन पर्छ: हर्क साम्पाङ शुक्रबारदेखि हराएका बालक पोखरीमा मृत फेला करिब एक महिना लामाे बिदापछि सर्वोच्च फर्किइन् न्यायाधीश मल्ल सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो सर्वदलीय बैठक सिंहदरबारमा जारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की