2026-10-07 05:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गण्डकी प्रदेश

गण्डकी प्रदेशका दर्जनौँ कार्यालय खारेज गर्न सुझाव, मुख्यमन्त्रीलाई पुनरावलोकन प्रतिवेदन हस्तान्तरण

काठमाडौँ । गण्डकी प्रदेश सरकार मातहतका विभिन्न प्रशासनिक संरचनाहरूको पुनरावलोकन गर्न गठित समितिले शुक्रबार आफ्नो प्रतिवेदन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई हस्तान्तरण गरेको छ। ३२४ पृष्ठको उक्त प्रतिवेदनमा ५० भन्दा बढी संरचना औचित्यविहीन ठहर गर्दै खारेज गर्नुपर्ने सुझाव दिइएको छ।

समितिका संयोजक शरदचन्द्र पौडेलले तयार पारेको प्रतिवेदनमा १ सय ७४ वटा प्रदेशस्तरीय कार्यालय, निकाय तथा कार्यक्रमको गहिरो मूल्यांकन गरिएको छ। प्रतिवेदनले कार्यक्षमता, जनशक्ति, बजेट उपयोगिता र सेवा प्रभावकारिताका आधारमा संरचनाको औचित्य मापन गरेको छ।

संयोजक पौडेलका अनुसार, कुनै दबाब वा पूर्वाग्रह बिना तथ्यमा आधारित रहेर मूल्यांकन गरिएको छ। मुख्यमन्त्री पाण्डेले प्रतिवेदनलाई गम्भीरतापूर्वक अध्ययन गरी कार्यान्वयन गरिने स्पष्ट संकेत दिएका छन्।

मुख्यमन्त्री पाण्डेले, यो प्रतिवेदन देखावटी या थन्क्याउने कागज नरहेको र सुझाब अनुसार कार्यान्वयन गरिने आस्वासन दिएका छन् ।मुख्यमन्त्री पाण्डेले संघीयताको प्रारम्भिक चरणमा अत्यधिक उत्साहका कारण धेरै कार्यालयहरू खोलिएको स्वीकार गरे।

उनका अनुसार, त्यतिबेला आवश्यकभन्दा बढी संरचना बनाइयो, अहिले तिनै संरचनाहरूले प्रदेशको क्षमता र प्रयोजनमाथि प्रश्न उठाएका छन्।

प्रदेश सरकारले यसअघि ताल प्राधिकरण, विज्ञान प्रविधि प्रतिष्ठान, र दुग्ध विकास बोर्ड जस्ता तीन निकायको ऐन खारेज गरिसकेको छ। पछिल्लो प्रतिवेदनमा थप दर्जनौँ निकायको औचित्यमाथि प्रश्न उठाइएको छ।

समितिका अनुसार, कतिपय कार्यालय केवल “घरपायक जागिर खुवाउने” प्रयोजनका लागि गठन गरिएका थिए। त्यसका कारण विकास खर्च घट्ने, प्रशासनिक खर्च बढ्ने, र सीमित स्रोतमा कार्यक्षमता कमजोर हुने अवस्था देखिएको छ।

प्रतिवेदन मन्त्रिपरिषद्बाट अनुमोदन भएपछि मात्र सार्वजनिक गरिने मुख्यमन्त्री कार्यालयले जनाएको छ। अध्ययन समितिमा पूर्वसचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा पूर्वसहसचिव महेश्वर नरसिंह केसी र अच्युत लामिछाने सदस्य थिए।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो