2026-10-07 11:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

बाजुराको बाम्का बजारमा भीषण आगलागी, १७ वटा पसल जलेर नष्ट

काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिका–६ अन्तर्गतको बाम्का बजारमा शुक्रबार दिउँसो भीषण आगलागी भएको छ। नवदुर्गा होटेलमा ग्यास सिलिन्डर पड्किएपछि आगो फैलिएको जिल्ला प्रहरी कार्यालय बाजुराले पुष्टि गरेको छ।

प्रहरी नायब उपरीक्षक (प्रनाउ) ईश्वरीप्रसाद भण्डारीका अनुसार, आगलागीका कारण अहिलेसम्म १६ देखि १७ वटा पसल पूर्ण रूपमा जलेर नष्ट भइसकेका छन्।

प्रहरीका अनुसार, शुक्रबार दिउँसो ३:५५ बजे नवदुर्गा होटेलमा ग्यास सिलिन्डर पड्किएर सुरु भएको आगो हालसम्म नियन्त्रणमा आएको छैन।

स्थानीय स्तरमा उपलब्ध स्रोत साधन प्रयोग गरिए तापनि आगोको तीव्रता अधिक भएकाले नियन्त्रणमा कठिनाइ भइरहेको प्रहरीको भनाइ छ। प्रारम्भिक विवरण अनुसार, जनधनको क्षतिको विस्तृत विवरण अझै आइनसकेको बताइएको छ।

आगलागीको कारण बजार क्षेत्रका व्यापारीहरू र स्थानीयवासीहरू ठूलो क्षतिको अवस्थामा परेका छन्। आगो नियन्त्रणपछिको विस्तृत मूल्यांकन र क्षतिको आँकडा संकलन कार्य जिल्ला प्रशासन कार्यालय र स्थानीय निकायमार्फत अघि बढाइने जनाइएको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ