६ असार २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रुपन्देहीमा खेतमा महिलाको जलेको अवस्थामा शव फेला, श्रीमान् प्रहरी नियन्त्रणमा

२६ जेष्ठ २०८२, आईतवार १२:०९

काठमाडौँ । रुपन्देहीको सम्मरीमाई गाउँपालिका–५ अन्तर्गत मर्चवार क्षेत्रमा एक महिला जलेको अवस्थामा मृत फेला परेकी छन्। २२ वर्षीया सिर्जना पालको शव घरदेखि करिब १ किलोमिटर टाढा खेतमा भेटिएको छ।

घटनापछि प्रहरी प्रशासनले अनुसन्धान प्रारम्भ गरेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा सिर्जनाका पति प्रमोद पाललाई नियन्त्रणमा लिइएको छ।

रुपन्देही प्रहरीका डीएसपी गणेश सापकोटाका अनुसार राति करिब ३ बजे प्रहरी टोली घटनास्थलमा पुगेको थियो। अनुसन्धानमा सहयोग गर्न प्रयोग गरिएको तालिमप्राप्त कुकुरले सिर्जनाको घरसम्म पुर्‍याएको, जसका आधारमा महिलालाई सम्भवतः घरबाटै घटनास्थलसम्म पुर्‍याइएको अनुमान गरिएको छ।

डीएसपी सापकोटाले, कुकुरले घरसम्म पुर्‍याएपछि महिलालाई घरबाटै लगिएको हुन सक्ने देखिन्छ, तर यो हत्या हो वा आत्महत्या भन्ने बारे अहिले निष्कर्षमा पुग्न सकिने अवस्था छैन र अनुसन्धान जारी रहेको जनाएका छन्।

प्रमोदले प्रारम्भिक बयानमा श्रीमतीसँगै सुतिरहेको अवस्थामा घटना भएको बताएका छन्।

सम्मरीमाई–५ का वडाध्यक्ष श्रवणकुमार यादवका अनुसार सिर्जना र प्रमोदको विवाह करिब १५ महिना अघि भएको हो। प्रमोदले तिलोत्तमा नगरपालिकाकी माधव गडेरियाकी छोरी सिर्जनासँग मागी विवाह गरेका थिए। दम्पतीको सन्तान भने थिएन।

वडाध्यक्ष यादवले बताएअनुसार घटना हुनुभन्दा केही घण्टा अघि राति ९ बजेसम्म सिर्जनाले माइती पक्षसँग फोनमार्फत कुरा गरेकी थिइन्। घरायसी विवादका बारेमा खासै जानकारी नरहेको र घटनाको यथार्थ अनुसन्धानपछि मात्र खुल्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निजामती विधेयकलाई तत्काल प्रक्रियामा ल्याउन आग्रह मुक्तककार ढुङ्गेलको ‘क्रमभङ्ग’ सार्वजनिक निजामती विधेयकलाई तत्काल प्रक्रियामा ल्याउन आग्रह डोटीमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते डोटीमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते देशमा बहुआयामिक र चौतर्फी ढङ्गले विकास गर्दैछौँ : प्रधानमन्त्री एएफसी एसियन कप छनोट खेल्ने टोली घोषणा टीआरसी कार्यालयको भाडाबाट प्रधानमन्त्री झस्किए, मासिक साढे ९ लाखभन्दा धेरै विपद् आउनुअघि तयारीमा ध्यान नदिने प्रवृत्ति अन्त्य गर्नुपर्ने : पुष्पकमल दाहाल आचरणको विषयमा प्रश्न उठेपछि सर्वोच्च अदालत तानिए न्यायाधीश पाण्डे नेपाल प्रहरीले लग्यो हैदराबाद प्रहरीलाई नियन्त्रणमा पेट्रोल र डिजेलको खपत घट्यो ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोका पक्राउ विनियोजन विधेयक सर्वसम्मतिले पारित इजरायल–इराक युद्धका कारण स्वदेश फर्कन चाहने नेपालीका लागि, परराष्ट्रमा २४ सै घण्टे हेल्प डेस्क इरान र इयुका शीर्ष कूटनीतिज्ञले आणविक वार्ता गर्ने नेपालीलाई इजरायल र इरानबाट उद्धार गर्ने तयारीमा छौँः परराष्ट्रमन्त्री पत्रकारितालाई मर्यादित पेसा बनाउनुपर्ने : मुख्यमन्त्री शाह सेनेटरी प्याडको कर शुन्यमा झार्न सर्वोच्च अदालतको परमादेश बिपी राजमार्गमा १५ दिनसम्म राति गाडी चलाउन रोक