काठमाडौँ । सप्तकोशी नदीमा बेपत्ता भएका गोताखोर सुरज साउदको शव फेला परेको छ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाका अनुसार साउदको शव कोशी ब्यारेजको ५५ नम्बर ढोका नजिक फेला परेको हो।
शवको खोजीमा खटिएको सशस्त्र प्रहरी बलको अनुभवी गोताखोर डीएसपी पुरुषोत्तम भण्डारीको नेतृत्व शव फेला पारेको हो।
पूर्वअभ्यासका क्रममा २२ जेठमा गोताखोर सुरज साउद र अर्का गोताखोर हरदेव सिंह राजवंशी सप्तकोशीमा बेपत्ता भएका थिए।
हरदेव सिंह राजवंशीको शव घटनाको भोलिपल्ट २३ जेठमा नै फेला परेको थियो भने सुरज साउद बेपत्ता थिए।