2026-10-07 10:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

कांग्रेस–माओवादी बीचको छलफल निष्कर्षविहीन

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच नयाँ बानेश्वरस्थित संसद् भवनमा आइतबार गरिएको छलफल कुनै ठोस निष्कर्षमा नपुगी टुंगिएको छ।

बैठकमा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनका लागि कांग्रेससँग समर्थन मागेको थियो। तर, कांग्रेसका नेताहरूले सो प्रस्तावमा सहमति जनाएनन्।

छलफलमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित उपमहासचिवहरू वर्षमान पुन र शक्ति बस्नेत सहभागी थिए भने कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता ज्ञानेन्द्र कार्की सहभागी थिए।

यसअघि माओवादी केन्द्रले विपक्षी दलहरूको बैठकसमेत बोलाएको थियो। त्यसैक्रममा अध्यक्ष प्रचण्डले शनिबार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर समसामयिक राजनीतिक विषयमा छलफल गरेका थिए।

प्रतिनिधिसभामा भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने विपक्षी दलहरूको माग यथावत् छ। तर सत्तारूढ गठबन्धन यसमा सकारात्मक देखिएको छैन। यही विषय प्रवेशसँगै जेठ १३ गतेयता प्रतिनिधिसभाको बैठक नियमित सञ्चालन हुन सकेको छैन।

यद्यपि जेठ १५ गतेको बैठकमा विपक्षी दलहरूले बजेट प्रस्तुतिमा अवरोध गरेका थिएनन्। त्यसयता भने प्रतिनिधि सभामा बजेटमाथिको छलफल सुरु हुन सकेको छैन।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो