३१ जेष्ठ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अमेरिकाबाट डिपोर्ट गरिएका थप ३७ जना नेपाली राति काठमाण्डौ आइपुगे

२७ जेष्ठ २०८२, सोमबार ०८:१५

काठमाण्डौ । अमेरिकाबाट डिपोर्ट अर्थात् निष्कासित गरिएका थप ३७ जना नेपालीहरू गएराति काठमाण्डौ आइपुगेका छन् । उनीहरुलाई अमेरिकाले चार्टर्ड विमानमार्फत काठमाण्डौ फर्काइदिएको हो ।

अमेरिकी कानुन उल्लङ्घन गरेको आरोपमा अमेरिकाबाट डिपोर्टमा परेका ३२ पुरुष र पाँच जना महिला राति काठमाण्डौ आइपुगेका अध्यागमन विभागले जनाएको छ ।

दोस्रो कार्यकाल सम्हालेयता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिलेसम्म एक सय ७७ जना नेपाली निष्कासनमा परेका छन् । डिपोर्टमा परेकाहरुलाई प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्युरोले सोधपुछ गरेर घर जान दिने गरेको छ ।

अमेरिकाबाट निष्कासनमा परेकाहरु मानव तस्करीमा संलग्न संगठित गिरोहलाई मोटो रकम बुझाएर एशिया, युरोप र अफ्रिकाका विभिन्न देश हुँदै अमेरिका छिर्नेहरू बढी छन् । केही व्यक्ति भने विभिन्न कार्यक्रममा अमेरिका गएर उतै गैरकानूनी रूपमा बसोबास गर्दै आएका पनि छन् ।

अमेरिकाले भिसा प्रक्रिया पूरा नगरेका, भिसा अवधिभन्दा बढी समय बसेका र चालचलन राम्रो नभएकाहरुलाई उनीहरूकै देश फर्काइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोर्चुगलमा लोकप्रिय नेपालीको रेष्टुरेन्ट उत्कृष्ट अवार्ड जित्न सफल प्रधानमन्त्री र परराष्ट्रमन्त्रीका विदेश भ्रमणबारे संसदीय समितिलाई जानकारी गराइयो बजेटमा उल्लेख भएको ‘टेक एन्ड पे’ को व्यवस्था सच्चिन्छः ऊर्जामन्त्री खड्का कांग्रेस केन्द्रीय कार्यसमिति बैठक असार १५ मा बस्ने सरकार कृषि आधुनिकीकरणको प्रयासमा जुटिरहेको छः मन्त्री अधिकारी त्रिविमा अध्ययन बिदा रहेका १८७ शिक्षक/कर्मचारी बिदामै कांग्रेसले समावेशी लोकतन्त्रको व्यावहारिक अभ्यास गर्नेछः सभापति देउवा बाढीपहिरोको समस्या समाधानका निम्ति सरकारको ध्यानाकर्षण भारत र चीनले प्रत्यक्ष उडान पुनः सुरु गर्न ‘तीव्रता’ ल्याउने इञ्जिनियर मल्लको लोभलाग्दो मौरीपालन व्यवसाय रास्वपासँग मुलभुत विषयमा फरक छैन, रास्वपा आफ्नो ढंगले जान्छ: प्रचण्ड केयुको ३०औँ दीक्षान्तमा एक हजार १२९ दीक्षित प्रकृति र संस्कृतिमार्फत पर्यटक लोभ्याउँदै सिउरुङ साइबर अपराध मुद्दामा दुई युट्युबर फरार तस्बिर प्रदर्शनीले पर्वतीय क्षेत्रमा परेको जलवायु सङ्कटलाई उजागर गर्छ: अध्यक्ष लम्साल ‘लोकतन्त्रका लागि सङ्घर्ष गरेका दलहरुबीच सहकार्यमा जोड’ ‘एक सय रुपैयाँमै चलचित्र हेर्न पाइने’ इजरायलले इरानमा आक्रमण गरेपछि गल्फ एयरलाइन्सद्वारा उडानहरू रद्द कूटनीतिक ‘इङ्गेजमेन्ट’ बढाएका छौँ, परिणाम राम्रै निस्किन्छः परराष्ट्रमन्त्री डा राणा ‘रासस तस्बिर प्रदर्शनीबाट पर्वतीय पर्यटनको सम्भावना देखिन्छ’