काठमाडौँ । पौडी खेल्ने क्रममा बेगनास तालमा बेपत्ता भएका एक ४३ वर्षीय पुरुषको शव तालको गहिराइबाट फेला परेको छ।
पोखरा महानगरपालिका–३१ माझीकुनास्थित बेगनास तालमा आइतबार साँझ पौडी खेल्ने क्रममा बेपत्ता भएका गोरखा जिल्लाको शहिद लखन गाउँपालिका–३ मनकामनाका राजेश श्रेष्ठको शव सोमबार बिहान फेला परेको हो।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार श्रेष्ठको खोजीका लागि सशस्त्र प्रहरी बल नम्बर २४ कालीका गणबाट प्रहरी निरीक्षकको नेतृत्वमा ७ जनाको गोताखोर टोली परिचालन गरिएको थियो।
टोलीले सोमबार बिहान करिब १० बजे तालको करिब ३५ फिट गहिराइबाट श्रेष्ठको शव फेला पारेको जनाइएको छ।