2026-10-07 09:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

लहानमा बेच्न राखिएका आँप विषादीरहित

सिरहा । यहाँस्थित लहान बजारमा बिक्रीका लागि राखिएका आँप विषादीरहित पाइएको छ ।

आज बजार अनुगमनका क्रममा यहाँका पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने १० वटा फलफूल पसलमा अनुगमन गर्दा व्यापारीले आँप पकाउनका लागि मानव स्वास्थ्यलाई असर गर्ने हानिकारक विषादीको प्रयोग नगरेको पाइएको हो ।

इलाका प्रशासन कार्यालय लहान, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराज, लहान नगरपालिका कृषि विकास शाखा, सुरक्षाकर्मी तथा पत्रकार सम्मिलित टोलीले संयुक्त रुपमा अनुगमन गरेका थिए । अनुगमनमा आँप पकाउन प्रतिबन्धित ‘क्याल्सियम कार्बाइड’ प्रयोग गरेको नभेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजका खाद्य निरीक्षण अधिकारी राजिन बुढाथोकीले बताउनुभयो ।

“बजारमा मानव स्वास्थ्यलाई तत्काल असर गर्ने प्रतिबन्धित ग्याँस प्रयोगमार्फत फलफूल पकाएर गरिने बिक्रीलाई निरुत्साहित गर्ने उद्देश्यले बजार अनुगमन गरिएको थियो । तर, मानव स्वास्थ्यका लागि हानिकारक मानिने क्याल्सियम कार्बाइड प्रयोग गरेको पाइएन”, खाद्य निरीक्षक बुढाथोकीले भन्नुभयो ।

सिरहालाई आँपको राजधानी मानिन्छ । लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष रायका अनुसार स्थानीय उत्पादनलाई प्रवर्द्धन र किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले नगरपालिकाले बर्सेनि यहाँ उत्पादित आँपको ‘ब्राण्डिङ’ गर्ने गरेको छ । गत वर्ष ५० मेट्रिक टन बढी मालदह आँप ब्राण्डिङ गरी काठमाडौँलगायत देशका विभिन्न सहरमा बिक्री वितरण गरेको नगरपालिकाको कृषि शाखाले जनाएको छ । यस वर्ष पनि उक्त कार्यलाई निरन्तरता दिने कृषि शाखाका संयोजक बद्रीनारायण चौधरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार असारको पहिलो सातादेखि मालदह आँप बजारमा आउन थाल्ने भएकाले सोहीअनुरुप सङ्कलन गरी पठाउन तयारी गरिएको छ । लहानको वडा नम्बर १२, १३, १४, १५, १८, १९, २३ र २४ लाई आँपको पकेट क्षेत्र मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो