८ असार २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

न्युयोर्कमा आप्रवासीमाथि आक्रमणको विरोधमा हजारौँको विरोध प्रदर्शन

२९ जेष्ठ २०८२, बुधबार १३:५७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीतिहरूको विरोधमा मङ्गलबार हजारौँ मानिस न्युयोर्क सहरको सडकमा उत्रिएका छन् । आप्रवासन तथा भन्सार प्रवर्तन (आइसिई) द्वारा शृङ्खलाबद्ध छापापछि देशभरि विरोध प्रदर्शन भड्किएको छ ।

“घृणा छैन, डर छैन, आप्रवासीहरूलाई यहाँ स्वागत छ”, प्रदर्शनकारीहरू सुरुमा फोली स्क्वायरमा भेला भएका थिए । एउटा अदालत अगाडिको फोली स्क्वायरमा धेरै आप्रवासीलाई शुक्रबार कानून प्रवर्तनद्वारा हिरासतमा राखिएको थियो ।

प्रदर्शनकारीहरूले तल्लो म्यानह्याटनमा मार्च गरे । धेरैजसोले ‘आइसिई, न्युयोर्कबाट बाहिर’ भनिएका साइनबोर्डहरू बोकेका थिए । यो सङ्घीय अध्यागमन प्रहरीको सन्दर्भमा थियो जसको कागजपत्र नभएका अप्रवासीहरूलाई पक्राउ गर्ने छापामारी हालका हप्तहरूमा बढेको छ ।

“जोसँग यस समयमा यहाँ आउन आवाज छैन, विशेष गरी मेरी आमाका लागि खडा हुन म यहाँ छु”, विरोध प्रदर्शनमा सहभागी एक महिलाले भन्नुभयो ।

उनले आफ्नी मेक्सिकाली आमाको कागजातविहीन आप्रवासन स्थितिलाई ध्यानमा राख्दै नाम नछाप्न अनुरोध गर्नुभयो ।

“इमानदारीका साथ भन्नुपर्दा अप्रवासीहरू नभएको भए यो देश जे छ त्यो हुन सक्दैनथ्यो । त्यसैले म तिनीहरूका लागि यहाँ छु”, उहाँले भन्नुभयो ।

मेक्सिकाली मूलकी २३ वर्षीया अमेरिकी महिला ज्याकलिन नामकी अर्की प्रदर्शनकारीले भन्नुभयो, “म मेरो परिवारको रक्षा गर्न यहाँ छु… म अहिले तिनीहरूका लागि डराउँछु र म त्यस्तो समाजमा बाँच्न चाहन्न जहाँ म मेरो परिवारको स्वास्थ्यका लागि डराउनुपर्छ ।”

न्युयोर्कमा भएको मार्च लस एन्जलसमा भएको प्रदर्शनभन्दा शान्तिपूर्ण थियो । लस एन्जलसमा प्रदर्शनकारी र प्रहरीबीच चलिरहेको प्रदर्शनले ट्रम्पलाई हजारौँ राष्ट्रिय गार्ड सेना र सात सय सक्रिय सेवामा रहेका समुद्री सैनिकहरू खटाउन बाध्य पारेको छ ।

“लस एन्जलसमा भएका विरोध प्रदर्शनहरू अस्वीकार्य छन् र हाम्रो सहरमा प्रयास गरेमा असह्य हुनेछ”, न्युयोर्कका मेयर एरिक एडम्सले मङ्गलबार भन्नुभयो, “न्युयोर्क प्रहरी विभाग कुनै पनि समस्याहरू समाधान गर्न तयार छ, विशेष गरी जब हामी हाम्रो समाजमा गहिरो विभाजनको सामना गरिरहेका छौँ ।”

एडम्सले लस एन्जलसका आफ्ना समकक्षीको विपरीत न्युयोर्कमा मङ्गलबार रातिको कर्फ्यू लागू गर्नुभएन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कसैले संसद् अवरोध गर्नु हुँदैन, सहमतिबाटै समस्याको हल गर्न सकिन्छ : उपभापति गुरुङ भरतपुर महानगरको बजेट सार्वजनिक : ५ अर्ब ४६ करोड बजेट इरानमाथि अमेरिकी आक्रमणप्रति अन्तराष्ट्रिय समुदायको प्रतिक्रिया, कूटनीतिक समाधानका लागि आग्रह मुग्लिन-मलेखु सडकखण्ड आजदेखि रातिमा बन्द नहुने ‘संसद्मा नीतिगत भन्दा प्राविधिक बहस बढी’ सर्वोच्चको प्रस्तावित न्यायाधीश मेघराज पोखरेलविरुद्ध संसदीय समितिमा उजुरी दर्ता इरानको क्षेप्यास्त्र प्रहारबाट इजरायलको भवनमा आगलागी, १६ जना घाइते एसिसी पुरुष क्रिकेटः नेपालद्वारा सिङगारपुर ६ विकेटले पराजित लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण, मन्थलीको वडा नं. ६ र ७ जोड्ने निर्माणाधीन पुल दोस्रोपटक भत्कियो सांसदसँग रासस संवादः स्वास्थ्य सेवा र शिक्षा निःशुल्क गर्नुपर्छः डा सुनीलकुमार शर्मा राष्ट्रपति कार्यालयसहित विभिन्न मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल जारी संसदबाट बाहिरियो राप्रपा, रास्वपाको वेल घेराउ जारी सांसद अमरेशको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसद्मा छलफल तातेको राष्ट्रपति कार्यालयसहित मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ अमेरिकी आक्रमणपछि महासचिव गुटेरेसको चिन्ता: “स्थिति गम्भीर, कूटनीति नै समाधान” इजरायल र अमेरिकाको संयुक्त कदम, अमेरिकाद्वारा इरानका तीन आणविक केन्द्रमा आक्रमण अमेरिकी आक्रमणले इरानका आणविक स्थलहरू ‘पूर्ण रूपमा ध्वस्त’ : ट्रम्प उच्चस्तरीय शासकीय सुधार आयोगको बैठक हुँदै काठमाडौं — दिल्ली इकोनोमिक क्लास टिकट महँगो: सांसद महासेठको चिन्ता