2026-10-07 08:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रास्वपाले सुदूरपश्चिम सभापति प्रकाश विष्टलाई स्पष्टीकरण सोध्यो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुदूरपश्चिम सभापति प्रकाश विष्टलाई स्पष्टीकरण सोधेको छ । केन्द्रीय समिति सदस्य समेत रहेका विष्टलाई अनुशासन आयोगले स्पष्टीकरण सोधेको हो । अनुशासन समितिका कार्यवाहक प्रमुख रमाकान्त रिजालले स्पष्टीकरण सोधिएको विषयमा भने जानकारी दिन अस्वीकार गरे ।

रिजालले भने, ‘छानबिनमा भएको कुरा मिडियामा बोल्न मिल्दैन । उहाँ माथि छानबिन भइरहेको छ । ७/१० दिनपछि थाहा पाउनु हुन्छ ।’ पार्टीमा केही विषयमा द्धिविधा भए स्पष्ट पार्नका लागि स्पष्टीकरण सोध्ने प्रचलन रहेकाले यसलाई ठूलो रुपमा लिनु नपर्ने विष्टले बताए । उनले भने, ‘स्पष्टीकरण सोध्ने/दिने पार्टी पद्धतिमा भइरहन्छ । ठूलो कुरा होइन । मैले स्पष्टीकरण पठाइसके ।’

स्पष्टीकरणका लागि तोकिएको समयावधि र विषय रिजाल र विष्ट दुवैले खुलाउन चाहेनन् । विष्ट असार २ मा भारतको मुम्बईमा हुने रास्वपाको कार्यक्रममा उपसभापति डा. स्वर्णिम वाग्लेसँगै जाने तय भएको छ ।

रास्वपा निकट प्रवासी नेपाली सम्पर्क मञ्च भारतको महाराष्ट्र राज्य समितिका प्रथम राज्य भेला आह्वान गरिएको छ ।

भेलाको प्रमुख अतिथिमा उपसभापति डा. वाग्लेलाई निमन्त्रणा गरिएको छ । विष्ट मुम्बइ आउने गरी त्यहाँको समितिले प्रचार गरेपनि उनी त्यहाँको कार्यक्रममा सहभागी नहुने भएका छन् । विष्टले भने, ‘आन्तरिक कामहरु छ । मुम्बईको कार्यक्रममा जान्न होला ।’

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो