प्रधानमन्त्री ओलीको सिफारिस, न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता नेपाल

साझासवाल
0 Min Read

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद्को सदस्य पदका लागि वरिष्ठ अधिवक्ता महेश नेपालको नाम सिफारिस गरेका छन्।

नेपालको संविधानअनुसार प्रधानमन्त्रीको सिफारिसमा न्याय परिषद्मा एक जना कानुनविद् सदस्य नियुक्त हुने प्रावधान छ। यही व्यवस्था अनुसार नेपाललाई सिफारिस गरिएको हो।

हाल न्याय परिषद्मा कार्यरत सदस्य रामप्रसाद भण्डारीको चार वर्षे कार्यकाल आगामी असार १० गते पूरा हुँदैछ। भण्डारीको पदावधि समाप्तिपछि रिक्त हुने स्थानमा अधिवक्ता नेपालको सिफारिस गरिएको छ।

Share This Article