2026-09-16 03:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

उच्चका ४ जना मुख्य न्यायाधीशमा सिफारिस

काठमाडौँ । न्याय परिषद्ले उच्च अदालतका ४ जना न्यायाधीशलाई मुख्य न्यायाधीश पदका लागि सिफारिस गरेको छ। शुक्रबार बिहान बसेको परिषद्को बैठकले न्यायाधीश राजनप्रसाद भट्टराई, लालबहादुर कुँवर, हरिप्रसाद भण्डारी र राजेन्द्र तिवारीलाई उच्च अदालतको विभिन्न इजलासमा मुख्य न्यायाधीशका रूपमा सिफारिस गरेको हो।

राजनप्रसाद भट्टराई हाल उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा कार्यरत छन्। उनलाई उच्च अदालत विराटनगरको मुख्य न्यायाधीशमा सिफारिस गरिएको छ। यस्तै, लालबहादुर कुँवर हाल पाटन उच्च अदालतमा कार्यरत छन् र उनलाई सोही अदालतको मुख्य न्यायाधीशका रूपमा सिफारिस गरिएको हो।

हरिप्रसाद भण्डारी उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुंगामा कार्यरत रही हाल तुलसीपुर इजलासमा काजमा रहेका छन्। उनलाई उच्च अदालत सुर्खेतको मुख्य न्यायाधीशका लागि सिफारिस गरिएको छ। यसैगरी, राजेन्द्र तिवारी हाल उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा कार्यरत छन् र उनलाई तुलसीपुर उच्च अदालतकै मुख्य न्यायाधीश पदमा सिफारिस गरिएको छ।

न्याय परिषद्को यो निर्णय उच्च अदालतहरूको नेतृत्व सुदृढ पार्दै न्यायिक प्रक्रियालाई थप प्रभावकारी बनाउन महत्वपूर्ण मानिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो