काठमाडौँ । आइतबार नेप्से परिसूचक ०.४७ अंकले उक्लिएर २६५५ मा पुगेको छ। सूचक सामान्य बढे पनि कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ। शनिबार १२ अर्ब ५१ करोडको कारोबार भएकोमा आइतबार ११ अर्ब ४४ करोडमा सीमित रहेको छ।
९० कम्पनीको सेयर मूल्य बढ्दा १५७ को घट्यो। हाइड्रोपावर समूहमा लगानीकर्ताको उत्साह कायमै देखियो। यो समूह ०.९६ प्रतिशतले बढ्यो।
त्यस्तै, उत्पादन समूह सबैभन्दा बढी १.४७ प्रतिशतले उक्लियो। व्यापार १.०८, निर्जीवन बीमा ०.०७ र विकास बैंक ०.४८ प्रतिशतले बढेको छ।
आज पियोर इनर्जी, ग्रिन डेभलपमेन्ट बैंक, र छ्याङ्दी हाइड्रोपावरका सेयर १० प्रतिशतले उकालो लागे। बरुण र युनियन हाइड्रोपावरको मूल्य क्रमशः ९.८४ र ९.३४ प्रतिशतले बढ्यो।
अधिक कारोबार भएका कम्पनीमा सानिमा माइ ह्य्द्रोपोवेर, ङादी ग्रुप, बुटवल पावर, राधि विद्युत् र माउन्टेन इनर्जी क्रमशः अगाडि देखिए।
सूचक स्थिर भए पनि कारोबार रकम घट्दै जाँदा लगानीकर्तामा मिश्रित धारणा देखिएको छ।