२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

तीनकुने घटना : ८० औं दिनमा अस्पतालबाट डिस्चार्ज भइन् रेबिका, अझैँ ‘बेड रेस्ट’ मा

३ असार २०८२, मंगलवार १४:३४

काठमाडौँ । चैत १५ गतेको राजावादी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर घाइते भएकी उदयपुरको चौदण्डीगढी–६ की रेबिका खत्री ८० दिनको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएकी छन्। सोमबार साँझ त्रिवि शिक्षण अस्पताल (टिचिङ) ले उनलाई डिस्चार्ज गरेको छ ।

कोटेश्वरस्थित भाटभटेनी नजिकैको सडकमा आन्दोलनका क्रममा प्रहरीको गोली लागेकी रेबिका सोही दिन बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको थियो। सिभिल अस्पतालले उनलाई जेठ ११ गते टिचिङमा रिफर गरेको थियो।

रेबिका खत्री तीनकुनेस्थित कोटेश्वर क्याम्पसमा बीबीएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी हुन्। टिचिङ अस्पतालबाट डिस्चार्ज भए पनि हाल उनी हिँडडुल गर्न नसक्ने अवस्थामा छिन् र चिकित्सकीय सिफारिसअनुसार पूर्ण बेड रेस्टमा रहनुपरेको जनाएको छ।

उनकी दिदी अनिताका अनुसार अस्पतालको औपचारिक बिल सरकारले तिरेको भए पनि उपचारसँग सम्बन्धित अन्य खर्च करिब ९ लाख रुपैयाँ जति अझै भुक्तान हुन बाँकी छ।

प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यका अनुसार, आन्दोलनको क्रममा भाटभटेनी आसपास लुटपाटको प्रयास भइरहेको थियो र प्रदर्शनकारीले सवारीसाधनमा आगजनी गर्न थालेपछि नियन्त्रणका लागि चलाइएको गोली रेबिका र उनका दाइ दिनेश खत्रीलाई लागेको बताएका थिए।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव