२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सहसचिव भट्टराईको डायरीमा भेटियो ‘सेटिङमा पठाइएकाहरू’ को विवरण

३ असार २०८२, मंगलवार १५:०७

काठमाडौँ । गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईमाथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन प्रमुख हुँदा भिजिट भिसाका लागि ‘सेटिङ’ गरिएका व्यक्तिहरूलाई विदेश पठाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ।

आयोगले प्रारम्भिक अनुसन्धानका क्रममा भट्टराईबाट जफत गरिएको व्यक्तिगत डायरीमा ‘सेटिङ’ मा पठाइएका व्यक्तिहरूको विवरणसहित आर्थिक हिसाबकिताब फेला पारेको जनाएको छ।

भट्टराईको डायरीमा भिजिट भिसामा पठाइएका व्यक्तिहरूको नाम, कुन बिचौलिया वा कर्मचारीमार्फत आएका थिए भन्ने विवरण उल्लेख गरिएको छ। त्यहाँ गृह मन्त्रालयका केही उच्चपदस्थ कर्मचारीहरूको नामसमेत रहेको बताइएको छ। डायरीमा “यो फलानाको मान्छे, आजै पठाउनु पर्ने” जस्ता उल्लेखहरू छन्। के–को संकेत हो भन्नेबारे विश्लेषण भइरहेको छ।

डायरीमा उल्लेख गरिएका ‘कोड वर्ड’ र गोप्य चिन्हहरूको समेत व्याख्या गर्न आयोगले भट्टराई, ट्राभल एजेन्सी सञ्चालक बालकृष्ण पौडेल, खगेन्द्र सुवेदी र अर्की एक महिलासँग सोधपुछ गरिरहेको छ।

‘द होलिडेज’ ट्राभलका सञ्चालक पौडेल र एसकेआर मेनपावरसँग सम्बन्धित खगेन्द्र सुवेदी यो प्रकरणमा संलग्न रहेको आयोगको भनाइ छ। भट्टराईसँग नजिकिएर काम गर्ने सुवेदी र पौडेलसँग पनि आयोगले डिभाइस बरामद गरिसकेको छ।

अनुसन्धानको दायरामा रहेकी अर्की महिलासँग पनि भट्टराईको आर्थिक लेनदेन भएको प्रारम्भिक प्रमाण फेला परेको आयोगले जनाएको छ। ती महिलासँग आयोगले बयान लिइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव