२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सहसचिव भट्टराईको डायरीमा भेटियो ‘सेटिङमा पठाइएकाहरू’ को विवरण

२०८२, ३ असार मंगलवार १५:०७

काठमाडौँ । गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईमाथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन प्रमुख हुँदा भिजिट भिसाका लागि ‘सेटिङ’ गरिएका व्यक्तिहरूलाई विदेश पठाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ।

आयोगले प्रारम्भिक अनुसन्धानका क्रममा भट्टराईबाट जफत गरिएको व्यक्तिगत डायरीमा ‘सेटिङ’ मा पठाइएका व्यक्तिहरूको विवरणसहित आर्थिक हिसाबकिताब फेला पारेको जनाएको छ।

भट्टराईको डायरीमा भिजिट भिसामा पठाइएका व्यक्तिहरूको नाम, कुन बिचौलिया वा कर्मचारीमार्फत आएका थिए भन्ने विवरण उल्लेख गरिएको छ। त्यहाँ गृह मन्त्रालयका केही उच्चपदस्थ कर्मचारीहरूको नामसमेत रहेको बताइएको छ। डायरीमा “यो फलानाको मान्छे, आजै पठाउनु पर्ने” जस्ता उल्लेखहरू छन्। के–को संकेत हो भन्नेबारे विश्लेषण भइरहेको छ।

डायरीमा उल्लेख गरिएका ‘कोड वर्ड’ र गोप्य चिन्हहरूको समेत व्याख्या गर्न आयोगले भट्टराई, ट्राभल एजेन्सी सञ्चालक बालकृष्ण पौडेल, खगेन्द्र सुवेदी र अर्की एक महिलासँग सोधपुछ गरिरहेको छ।

‘द होलिडेज’ ट्राभलका सञ्चालक पौडेल र एसकेआर मेनपावरसँग सम्बन्धित खगेन्द्र सुवेदी यो प्रकरणमा संलग्न रहेको आयोगको भनाइ छ। भट्टराईसँग नजिकिएर काम गर्ने सुवेदी र पौडेलसँग पनि आयोगले डिभाइस बरामद गरिसकेको छ।

अनुसन्धानको दायरामा रहेकी अर्की महिलासँग पनि भट्टराईको आर्थिक लेनदेन भएको प्रारम्भिक प्रमाण फेला परेको आयोगले जनाएको छ। ती महिलासँग आयोगले बयान लिइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन