2026-09-14 09:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

समाचार हटाउने अदालतको आदेशविरुद्ध दर्जनभन्दा बढी वकिलले बहस गर्दै

काठमाडौँ । नेपाल खबर र बिजमाण्डु अनलाइनमा प्रकाशित समाचार हटाउने जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध आज दर्जनभन्दा बढी कानुन अधिवक्ताहरू बहसमा उत्रिएका छन्।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश पीताम्बर शर्माको एकल इजलासले जेठ २७ गते ती दुई अनलाइनमा प्रकाशित समाचार हटाउन आदेश दिएको थियो।

सम्बन्धित समाचारहरूमा जलविद्युत् कम्पनीको आईपीओ स्वीकृतिका लागि श्रेष्ठले प्रतिशत तोकी कमिसन मागेको आरोप लगाइएको थियो। उक्त समाचारप्रति आपत्ति जनाउँदै श्रेष्ठले अदालतमा निवेदन दिएका थिए।

सोही दिन अन्तरिम आदेशका लागि असार ४ गते पेसी तोकी दुवै पक्षलाई बोलाइएको थियो। विपक्षी अनलाइन सञ्चारमाध्यमहरूले भने समाचार लेख्ने आफ्नो संवैधानिक अधिकारको प्रतिरक्षा गर्दै लिखित जवाफ पहिले नै अदालतमा बुझाइसकेका छन्।

आजको सुनुवाइमा नेपाल बार एशोसिएसनका अध्यक्ष विजय मिश्र, महासचिव केदार सिटौला, तथा वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, दिनेश त्रिपाठी, टीकाराम भट्टराई, हर्कबहादुर रावल, ओमप्रकाश अर्याल, विकास भट्टराई, कपिलदेव ढकाल, चन्द्रप्रसाद भुसाल, राधिका खतिवडा, अम्बिका वस्ती, पुन्देवी महर्जनलगायतका वकिलहरूले बहस गर्दै छन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले