२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ज्वालामुखी विस्फोटपछि बालीका दर्जनौँ उडान रद्द र ढिलाइ

४ असार २०८२, बुधबार १२:११

काठमाडौँ । इन्डोनेसियाको सक्रिय ज्वालामुखी लेवोतोबी लाकी–लाकी हिमालमा विस्फोट भएपछि बाली आउने–जाने धेरै उडानहरू रद्द हुनुका साथै केही ढिलाइ भएका छन्।

फ्लोरेस टापुस्थित उक्त ज्वालामुखीमा मंगलबार स्थानीय समयअनुसार साँझ ५:३५ बजे विस्फोट हुँदा ११ किलोमिटरसम्म आकाशमा खरानीको मुस्लो देखिएको इन्डोनेसियाली ज्वालामुखी एजेन्सीले जनाएको छ।

हालसम्म कुनै मानवीय क्षतिको जानकारी नआएको भए पनि सतर्कता स्तरलाई उच्चतम तहमा पुर्‍याइएको छ।

सुरक्षालाई ध्यानमा राख्दै स्थानीय बासिन्दालाई ज्वालामुखी क्षेत्रको ७ किलोमिटरभित्र कुनै गतिविधि नगर्न र आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। स्वास्थ्य सुरक्षाका लागि मास्क प्रयोग गर्न समेत अनुरोध गरिएको छ।

विस्फोटका कारण बालीतर्फ र बालीबाट सञ्चालन हुने एयर इन्डिया, एयर न्यूजिल्यान्ड, जेटस्टार, जुनेयाओ एयरलाइन्स, सिंगापुर एयरलाइन्स र भर्जिन अस्ट्रेलिया लगायतका विमान सेवाहरूको उडान रद्द भएको छ।

आई गुस्ती नगुराह राय अन्तर्राष्ट्रिय विमानस्थलको फ्लाइट डेटाका अनुसार २० भन्दा बढी उडानहरू रद्द भएका छन्। साथै फ्लोरेसका लागि एयर एसियाका थुप्रै घरेलु उडान पनि प्रभावित भएका छन्।

यस्तो विस्फोट यसअघि पनि भएको थियो। गएको नोभेम्बरमा लेवोतोबी लाकी–लाकीमा बारम्बार ज्वालामुखी विस्फोट हुँदा नौ जनाको ज्यान गएको थियो भने हजारौँ मानिसहरू विस्थापित भएका थिए।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…